News That Matters

Author: Nilo Pati News

मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध

मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध

Breaking news 2, ताजा अपडेट, समाचार
काठमाडौँ । मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध भएको छ । धादिङको जवाङ खोलानजिकै पहिरो जाँदा सडक दुवैतर्फ अवरुद्ध बनेको प्रहरीले जनाएको छ ।  गएराति गएको पहिरो पन्छाउने कार्य जारी रहेपनि निरन्तर पहिरो खस्दा बाटो सञ्चालनमा आउन नसकेको हो । पहिरो हटाउन दिनभर लाग्ने देखिएकोले वैकल्पिक सडकको प्रयोग गर्न प्रहरीले अनुरोध गरेको छ । यात्रुहरूलाई सुरक्षित ठाउँमा रहन र लेन अनुशासन पालना गर्न पनि प्रहरीले आग्रह गरेको छ ।  दुईतर्फी सडक अवरुद्ध हुँदा दसैँको लागि राजधानी छाड्ने क्रममा रहेका सयौँ सवारीसाधन रोकिएका छन् । ...
मन्त्री घिसिङद्वारा मध्य भोटेकोशी जलविद्युत आयोजनाको निरीक्षण

मन्त्री घिसिङद्वारा मध्य भोटेकोशी जलविद्युत आयोजनाको निरीक्षण

Breaking news 1, अर्थ
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाई, भौतिक पूर्वाधार एवं सहरी विकास मन्त्री कुलमान घिसिङले साेमबार सिन्धुपाल्चोकमा निर्माण भएको १०२ मेगावाट क्षमताको मध्य भोटेकोशी जलविद्युत आयोजनाको निरीक्षण गरेका छन् । काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाई, भौतिक पूर्वाधार एवं सहरी विकास मन्त्री कुलमान घिसिङले साेमबार सिन्धुपाल्चोकमा निर्माण भएको १०२ मेगावाट क्षमताको मध्य भोटेकोशी जलविद्युत आयोजनाको निरीक्षण गरेका छन् ।  निर्माण सम्पन्न भई हाल व्यावसायिक रूपमा विद्युत् उत्पादनका लागि आवश्यक ७२ घण्टे परीक्षण उत्पादनको आज दोस्रो दिन सञ्चालन भइरहेको छ। चिलिमे जलविद्युत कम्पनीको प्रबन्धक सञ्चालक रहँदा मन्त्री घिसिङकै नेतृत्वमा आयोजना विस्तृत अध्ययन, विद्युत् खरिद–बिक्री सम्झौता, वित्तीय व्यवस्थापन तथा ठेक्का सम्झौता सम्पन्न गरी निर्माण चरणमा पुगेको थियो।काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाई, भौतिक प...
आज माता ब्रह्मचारिणीको पूजा तथा आराधाना गरिदै

आज माता ब्रह्मचारिणीको पूजा तथा आराधाना गरिदै

Breaking news 1, समाचार
आज माता ब्रह्मचारिणीको पूजा तथा आराधाना गरिदै छ ।नवरात्रको दोस्रो दिन ब्रह्मचारिणी स्वरुप नवदुर्गा भवानीको पूजा तथा आराधना गरिन्छ। ‘ब्रह्मा’ को अर्थ तपस्या अर्थात कठोर तप गर्ने भन्ने बुझिन्छ। ब्रह्मचारिणी देवीले शिरमा अर्धचन्द्र र नाना प्रकारका आभूषण धारण गरेकी छन्। दाहिने हातमा जपमाला र बाँया हातमा कमण्डलु लिएकी छन्।पौराणिक मान्यता अनुसार माता पार्वतीले भगवान शिवलाई प्राप्त गर्न ब्रह्मचर्य धारण गरी हजारौँ वर्षसम्म कठोर तपस्या गरेकी थिइन्। पूर्वजन्ममा हिमालय पर्वतकी पुत्री शैलपुत्रीका रूपमा प्रकट भएकी पार्वतीले देवर्षि नारदको उपदेशअनुसार महादेवलाई पति पाउन कठिन तपस्या गरिन्। उनले एक हजार वर्ष फलफूल मात्र खाएर, सयौँ वर्ष साग मात्र खाएर, र हजारौँ वर्ष बेलपत्र खाएर तपस्या गरिन्। अन्ततः बेलपत्र समेत त्यागेर खुला आकाश मुनि निराहार कठोर तपस्या गरिरहेकी थिइन्। यसरी कयौँ हजार वर्षको तपस्याका कारण ...
संगीता मिश्रको नाम मन्त्री बन्ने सूचीबाट हटाइयो

संगीता मिश्रको नाम मन्त्री बन्ने सूचीबाट हटाइयो

Breaking news 1, समाचार, स्वास्थ्य
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले मन्त्री बन्ने सूचीबाट डा. संगीता कौशल मिश्रको नाम हटाएकी छन् । प्रधानमन्त्री कार्कीले आइतबार मिश्रलाई स्वास्थ्यमन्त्रीमा राखेर पाँच जनाको नाम राष्ट्रपतिको कार्यालय पठाएकी थिइन्। मिश्र नागरिकता विवाद र अनियमिततामा मुछिएको भन्दै आलोचना भएपछि प्रधानमन्त्री कार्कीले उनको नाम काटेकी हुन् । अब चार जना मन्त्रीले मात्रै आज शपथ लिनेछन् । आज उद्योगमन्त्री अनिलकुमार सिन्हा, कृषिमन्त्री मदन परियार, सञ्चारमन्त्री जगदीश खरेल र शिक्षामन्त्री महावीर पुनले मात्र शपथ खाने छन् भने स्वास्थ्यमन्त्री पद खाली नै रहने स्रोतले जनाएको छ । यसअघि स्वास्थ्यमन्त्री प्रदीप पौडेलले मिश्रलाई स्वास्थ्य सचिवको समेत जिम्मेवारी दिन चाहेका थिएनन् । त्यसकारण उनी स्वास्थ्य मन्त्रालयको अतिरिक्त सचिव पदमा रहेर जिम्मेवारीविहीन थिइन् । मन्त्री बन्ने भएपछि मिश्रले अतिरिक्त सचिव ...
५० भन्दा बढी गम्भीर घाइते 

५० भन्दा बढी गम्भीर घाइते 

Breaking news 1, Breaking news 2, Breaking news 3, अर्थ, प्रदेश, समाचार, स्वास्थ्य
काठमाडौंको बानेश्वरस्थित संसद भवन परिसरमा भएको जेन-जी युवाहरूको प्रदर्शनमा कम्तीमा ५० जनाको हाराहारीमा गम्भीर घाइते भएको खुलेको छ ।
५० भन्दा बढी गम्भीर घाइते

५० भन्दा बढी गम्भीर घाइते

Breaking news 1, Breaking news 2, Breaking news 3, अर्थ, प्रदेश, समाचार, स्वास्थ्य
काठमाडौंको बानेश्वरस्थित संसद भवन परिसरमा भएको जेन-जी युवाहरूको प्रदर्शनमा कम्तीमा ५० जनाको हाराहारीमा गम्भीर घाइते भएको खुलेको छ ।
मृत्यु हुनेको संख्या ९ पुग्यो

मृत्यु हुनेको संख्या ९ पुग्यो

Breaking news 1, Breaking news 2, Breaking news 3, अर्थ, ताजा अपडेट, प्रदेश, समाचार, स्वास्थ्य
 जेनजीहरूको प्रदर्शनका क्रममा अहिलेसम्म ९ जनाको मृत्यु भएको छ । ट्रमा सेन्टरमा ६, सिभिल अस्पतालमा १, केएमसी अस्पतालमा १ र त्रिवि शिक्षण अस्पतालमा १ जनाको मृत्यु भएको छ ।
जेनजीको प्रदर्शनमा गोली लागेर एक जनाको मृत्यु

जेनजीको प्रदर्शनमा गोली लागेर एक जनाको मृत्यु

Breaking news 1, Breaking news 2, Breaking news 3, अर्थ, ताजा अपडेट, प्रदेश, राजनीति, समाचार, समाज, स्वास्थ्य
जेनजीको प्रदर्शनमा प्रहरीको गोली लागेर घाइते भएका एक जनाको मृत्यु भएको छ । घाइते प्रदर्शनकारीको नयाँबानेश्वरस्थित सिभिल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । सिभिल अस्पतालका निर्देशक मोहन रेग्मीका अनुसार घाइतेमध्येका एकजनाको मृत्यु भएको छ भने ७०–८० जना घाइतेको उपचाररत छन् । यसबारे विस्तृत विवरण आउन बाँकी छ ।...
सुरेश रमणको स्वरमा सुरेश खत्रीको वास्तविक जीवन कथामा आधारित गीत “ए आमा”

सुरेश रमणको स्वरमा सुरेश खत्रीको वास्तविक जीवन कथामा आधारित गीत “ए आमा”

Breaking news 1, Breaking news 2, Breaking news 3, अर्थ, प्रदेश, मनोरञ्जन, समाचार, स्वास्थ्य
बासुदेव पोखरेल, गुल्मी नेपाली सांगीतिक बजारमा पछिल्लो समयमा रमाइला र हल्का खालका गीतहरू बढी देखिन थालेको बेला, एक मार्मिक गीत “ए आमा” सार्वजनिक भएको छ। यो गीत सर्जक सुरेश खत्रीको वास्तविक जीवनमा आधारित छ, जसले आफ्ना अनुभवहरूलाई संगीतको माध्यमबाट दर्शक–श्रोतासँग बाँड्ने प्रयास गरेका छन्। गीतको संगीत र स्वर सुरेश रमण अधिकारीले दिएका छन्। गीतमा अभिनय गरेका कलाकारहरूमा चर्चित नायक पुष्प खड्का, रमा थपलिया, र जुना कार्की रहेका छन्। कथा निर्देशन शिव विकले गरेका हुन् भने छायांकन अझै रेग्मी, र सम्पादन मिन विश्वकर्माले गरेका छन्। यसले गीतको दृश्यात्मक प्रस्तुतीकरणलाई थप प्रभावकारी बनाएको छ। सर्जक सुरेश खत्रीका अनुसार, गीत “ए आमा” उनको आफ्नै जीवनका अनुभवमा आधारित छ। मातृभाव, जीवनका पीडा–सुखका क्षण, र पारिवारिक सम्बन्धको गहिरो भाव यस गीतमा समेटिएको छ। यसअघि पनि सुरेश रमण अधिकारीका ...
रोटरी क्लब अफ भिजन काठमाडौंको चार्टर डे सेलिब्रेशन सम्पन्न

रोटरी क्लब अफ भिजन काठमाडौंको चार्टर डे सेलिब्रेशन सम्पन्न

Breaking news 1, Breaking news 2, Breaking news 3, अर्थ, ताजा अपडेट, प्रदेश, समाचार, समाज, स्वास्थ्य
रोटरी क्लब अफ भिजन काठमाडौंले विशेष समारोहका बीच आफ्नो चार्टर डे सेलिब्रेशन सम्पन्न गरेको छ। राजधानीको पिंगलास्थानस्थित बेस्ट वेस्टर्न प्लस होटलमा आयोजित कार्यक्रममा विभिन्न विशिष्ट अतिथिहरूको उपस्थितिमा औपचारिक उद्घाटन गरिएको थियो। जिल्ला गभर्नर (२०२५/२६) रोटेरियन विनोद कोइराला र उनकी धर्मपत्नी श्रीमती बिभा अधिकारी कोइराला,सहायक गभर्नर रोटेरियन दिनेश प्रसाद श्रेष्ठ, स्पोन्सरिङ क्लब रोटरी क्लब अफ पशुपतिको अध्यक्ष रोटेरियन गणेश सुवेदी, र नयाँ क्लबका सल्लाहकार रोटेरियन दुर्गा प्रसाद सुवेदी लगायतका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति थियो। कार्यक्रममा क्लबका चार्टर्ड अध्यक्ष रोटेरियन जगत बहादुर पोखरेल लाई पदस्थापन गरिएकोथियो। उनले क्लबलाई प्रभावकारी ढंगले अघि बढाउने प्रतिबद्धता व्यक्त गर्दै आभार प्रकट गरेका थिए। क्लब सचिवमा रोटेरियन अर्जु सिटौलाले उक्त कार्यक्रम संचालन गरेकी थिईन। ...