News That Matters

चीन–नेपाल सीमा नजिक बनेको हिमताल फुट्ने जोखिम घट्यो


काठमाडौँ । यसै साताको सुरुआतमा विनाशकारी बाढी आएको चीन–नेपाल सीमा नजिकै हिमपहिरोपछि बनेको ताल फुटेर आउन सक्ने जोखिम घटेको चिनियाँ अधिकारीहरूले जनाएका छन् । तालको आकार खुम्चिँदै गएकाले जोखिम कम भएको बताइएको हो।

दुई नदीको सङ्गमस्थलमा चीन–नेपाल सीमामा फैलिएर बनेको उक्त तालको पानी बिस्तारै बगेर गइरहेकाले जलाशयको आकार घट्दै गएको भूउपग्रह तस्बिरले देखाएको छ। सो तालको सतहको क्षेत्रफल बिहीबार बिहान ९९ हजार वर्गमिटरमा झरेको जलस्रोत मन्त्रालयलाई उद्धृत गर्दै चिनियाँ सञ्चारमाध्यमले जनाएका छन्। बिहीबारको तुलनामा यो क्षेत्रफल २१ हजार वर्गमिटरले घटेको हो। हिमनदीको लेदो र भग्नावशेषले बनेको ताल फुटेर उपत्यकामा दोस्रो ठूलो विपद् आउन सक्ने र यसले तल्लो तटीय क्षेत्रमा भइरहेको उद्धार कार्यमा बाधा पुर्‍याउने भन्दै विज्ञहरूले चेतावनी दिएका थिए । तालको अनुगमन गरिरहेको सरकारी टोलीले थप तथ्याङ्क सङ्कलनका लागि ड्रोन, पोर्टेबल भूउपग्रह स्टेसन र मोबाइल सर्भिलेन्स क्यामेरासहित १५ जनाको टोली परिचालन गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *