धादिङ । भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीका कारण धादिङको गल्छी गाउँपालिका–६ बैरेनी बजारस्थित बागेश्वरी माध्यमिक विद्यालय क्षतिग्रस्त भएको छ।
बाढीका कारण विद्यालयको प्राङ्गण र कक्षाकोठाभित्र लेदो थुप्रिएको छ। भदौ १० गते बिहान विद्यार्थीहरू विद्यालय आइसकेका थिए। तर बाढीको खबर आएलगत्तै विद्यार्थीहरूबिच भागाभाग मच्चिएको थियो। ज्यान जोगाउन भागाभाग भएपछि विद्यार्थीहरूले कक्षाकोठामै झोला छाडेर भागेका थिए। ती झोलाहरू अझै कक्षाकोठामै लेदोका बीचमा थन्किएका छन्।
