News That Matters

समाचार

चुनावमा हाम्रो प्रतिस्पर्धा पुरानै पार्टीसँग हुन्छ : कांग्रेस

चुनावमा हाम्रो प्रतिस्पर्धा पुरानै पार्टीसँग हुन्छ : कांग्रेस

Breaking news 2, ट्रेण्डिङ्ग, समाचार, समाज
नेपाली कांग्रेसले आगामी निर्वाचनमा पुरानै पार्टीसँग प्रतिस्पर्धा हुने बताएको छ । १३ माघ, काठमाडौं । नेपाली कांग्रेसले आगामी निर्वाचनमा पुरानै पार्टीसँग प्रतिस्पर्धा हुने बताएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा कांग्रेसका प्रवक्ता देवराज चालिसेले फागुन २१ को प्रतिनिधिसभा सदस्यको निर्वाचनमा पुरानै पार्टीसँग प्रतिस्पर्धा हुने बताएका हुन् । ‘यो गम्भीर कुरा पनि हो । मतदाताले भोट हालेर निर्धारण गर्ने कुरा पनि हो,’ चालिसेले भने, ‘तर, पुरानै पार्टीबीच प्रतिस्पर्धा हुन्छ भन्ने लाग्छ ।’ चालिसेले हालै सम्पन्न कांग्रेसको विशेष महाधिवेशनपछि नयाँ नेतृत्व र संरचनासहित निर्वाचन अभियानलाई तीव्रता पारिएको पनि बताए । १६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएकोबारे जानकारी गराउँदै उनले भने,’पार्टीका नीति, योजना तथा कार्यक्रमलाई प्राथिमकता दिई जनतामा विश्वास र भरोसा स्थापित गर...
पाल्पा १ नेकपाका प्रतिनिधि सभा सदस्य उम्मेदवार सुनारीको चुनावी अभियान पर्यटकीय स्थल रिमिघाबाट सुभारम्भ

पाल्पा १ नेकपाका प्रतिनिधि सभा सदस्य उम्मेदवार सुनारीको चुनावी अभियान पर्यटकीय स्थल रिमिघाबाट सुभारम्भ

Breaking news 1, ट्रेण्डिङ्ग, ताजा अपडेट, समाचार, समाज
पाल्पा, पाल्पा क्षेत्र नं. १ नेकपाका प्रतिनिधि सभा सदस्य उम्मेदवार हुम सुनारी मगरले आफ्नै जन्मथलोरम्भा गाउँपालिका २, झोकेदीबाट चुनाव प्रचार प्रसार अभियान सुरु गर्नु भएको छ । रिमिघा पर्यटकीय क्षेत्रबाट उहाँले आफ्नै जन्मथलो रम्भा गाउँपालिका–२, झोकेदीस्थित जिल्लाकै महत्वपूर्ण पर्यटकीय स्थल रिमिघा पर्यटकीय क्षेत्रबाट अभियानको औपचारिक शुभारम्भ गर्नुभएको हो। चुनावी अभियान शुभारम्भ कार्यक्रममा बोल्दै उम्मेदवार सुनारीले सुशासन स्थापना, अनियमितता र भ्रष्टाचारको अन्त्य तथा व्यवस्था परिवर्तन नै आफ्नो उम्मेदवारीको मूल उद्देश्य रहेको बताउनुभयो। उहाँले वर्तमान निर्वाचन प्रणाली खर्चिलो र गलत प्रवृत्तिले ग्रसित भएको उल्लेख गर्दै यस्तो प्रणालीको अन्त्य गर्दै प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्था प्रमुख एजेन्डा रहेको स्पष्ट पार्नुभयो। सुनारीले जेन्जी, जेनजेट का माग र आफूले उठाएका एजे...
चितवनलाई हराउँदै जनकपुरको पहिलो जित

चितवनलाई हराउँदै जनकपुरको पहिलो जित

Breaking news 3, खेलकुद, ट्रेण्डिङ्ग, ताजा अपडेट, समाचार
काठमाडौँ । साविकको विजेता टोली जनकपुर बोल्ट्सले दोस्रो संस्करणको नेपाल प्रिमियर  लिग (एनपीएल) टी–ट्वान्टी क्रिकेटमा पहिलो जित निकालेको छ ।  मंगलबार भएको खेलमा जनकपुरले चितवन राइनोजमाथि ६ विकेटको जित निकाल्दै पहिलो जित दर्ता गरेको हो । त्रिवि क्रिकेट मैदानमा चितवनले दिएको १७७ रनको लक्ष्य पछ्याएको जनकपुरले १७ ओभर ३ बलमा मात्र चार विकेट गुमाउँदै लक्ष्य पूरा गर्‍यो ।  जनकपुरका लागि अनिल शाहले ६१ रनको अर्धशतकीय पारी खेले । ३६ बल खेलेका उनले ४ चौका र ३ छक्का प्रहार गरे । जनकपुरका माज शदागदले ६३ रनको अर्धशतकीय पारी खेले । ३० बल खेलेका उनले ६ चौका र ४ छक्का प्रहार गरे । त्यस्तै आसिफ शेखले १८ रन बनाए । ...
प्रतिनिधिको हिसाब–किताब गर्दै केपी ओली र ईश्वर पोखरेल

प्रतिनिधिको हिसाब–किताब गर्दै केपी ओली र ईश्वर पोखरेल

Breaking news 2, ताजा अपडेट, समाचार, समाज, स्थानीय
काठमाडौँ । नयाँ नेतृत्व चयनका लागि (मंसिर २७–२९) हुने नेकपा एमालेको महाधिवेशन मिति नजिकिँदै गर्दा पार्टीमा दुई समूह (प्यानल) बिच प्रतिस्पर्धा हुने स्पष्ट देखिएको छ । नेताहरू समूहगत रूपमा बिस्तारै खुल्न थालेका छन् । ११औँ महाधिवेशनमा एउटा प्यानलको नेतृत्व अध्यक्ष केपी शर्मा ओली र अर्को प्यानलको नेतृत्व वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले गर्ने तयारी गरेसँगै प्रतिनिधिहरूको आन्तरिक हिसाबकिताबमा दुवै पक्ष जुटेका हुन् । ओली र पोखरेल दुवैले अध्यक्ष पदमा उम्मेदवारी दिने यसअघि नै बताइसकेका छन् । ओलीको पक्षमा गुरु बराल, रामबहादुर थापा, शंकर पोखरेल, प्रदीप ज्ञवाली, पृथ्वी सुब्बा गुरुङ, विष्णु रिमाल, पद्मा अर्याल लगायतका नेता खुलेका छन् भने पोखरेलको पक्षमा युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, योगेश भट्टराई र गोकर्ण विष्टलगायत खुलेका छन् । नेताहरू विष्णु पौडेल, छविलाल विश्वकर्मा, रघुवीर ...
सुशीला कार्की नेतृत्वको सरकारका दुई निर्णयमा सर्वोच्चको रोक

सुशीला कार्की नेतृत्वको सरकारका दुई निर्णयमा सर्वोच्चको रोक

Breaking news 1, समाचार, समाज, स्थानीय
काठमाडौँ । भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको जगमा बनेको सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारका दुई निर्णयमा सर्वोच्च अदालतले रोक लगाएको छ । निर्वाचन प्रयोजनका लागि बनेको कार्की नेतृत्वको सरकारले विभिन्न देशका ११ जना राजदूत फिर्ता गर्ने निर्णय र भूमिसम्बन्धी आयोग खारेज गर्ने निर्णयलाई सर्वोच्चले उल्ट्याइदिएको हो ।  सोमबार सर्वोच्चले भूमि आयोग खारेज गर्ने सरकारको निर्णयमा रोक लगाएको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय सारंगा सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासले भूमि आयोग र यसका जिल्ला कार्यालय खारेज गर्ने सरकारको निर्णय बदर गरेको हो । मन्त्रिपरिषद्को गत असोज २३ गते बसेको बैठकले भूमि समस्या समाधान आयोग र त्यसका जिल्ला समिति खारेज गर्ने निर्णय गरेको थियो । उक्त निर्णयविरुद्ध आयोगका अध्यक्ष हरिप्रसाद रिजालले दायर गरेको रिटमा यसअघि सर्वोच्चले तत्काल खारेजीको निर्णय कार्यान्वयन नगर्...
मेयर बालेनलाई पितृशोक

मेयर बालेनलाई पितृशोक

Breaking news 2, ट्रेण्डिङ्ग, ताजा अपडेट, समाचार
१५ मंसिर, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहका बुवा रामनारायण शाहको निधन भएको छ । उनको सोमबार मध्यान्ह निधन भएको हो । उनी आइतबार बिहान नयाँ बानेश्वरस्थित सिभिल अस्पताल भर्ना भएका थिए । उनको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । अस्पताल स्रोतका अनुसार, उनको पिसाबमा संक्रमण भएर शरीरमा फैलिएको थियो । शाहलाई भेट्न सोमबार बिहान प्रधानमन्त्री सुशीला कार्की पनि पुगेकी थिइन् ।...
पार्टी एकताका लागि विप्लवका दुई सर्त

पार्टी एकताका लागि विप्लवका दुई सर्त

Breaking news 2, ताजा अपडेट, समाचार
काठमाडौँ । नेकपा माओवादी केन्द्रसँग पार्टी एकताका लागि नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले दुईवटा सर्त राखेका छन् । जेनजी विद्रोहपछि वामपन्थीबिच एकता र ध्रुवीकरणको विषयमा चरणबद्ध छलफल हुँदै आएको बेला विप्लवले सर्तसहितको एकता प्रस्ताव राखेका हुन् । समाजवादी मोर्चाका संयोजक समेत रहेका उनले असोजको दोस्रो हप्ता काठमाडौँ आएका थिए । सोही क्रममा उनले माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल लगायत समाजवादी मोर्चाका नेताहरूसँग विप्लवले भेटेका थिए । असोज १४ गते ललितपुरस्थित हात्तीवनमा प्रचण्डसँग भेटका क्रममा उनले दुईवटा सर्त राखिएको बुझिएको छ ।  पहिलो सर्तमा नेतृत्व तहका सबै नेताहरूलाई बिदा गरी नयाँ कम्युनिस्ट केन्द्र बनाउने रहेको छ । दोस्रो सर्तमा संक्रमणकालीन अवस्थामा एकतामा जोडिएका मूल नेतृत्वलाई संयोजक तोकेर ...
काउन्सिलले अधिकार सम्पन्न र स्वायत्त निकायका रुपमा अनुभूति दिलाउने गरी काम गरोस् : मन्त्री खरेल

काउन्सिलले अधिकार सम्पन्न र स्वायत्त निकायका रुपमा अनुभूति दिलाउने गरी काम गरोस् : मन्त्री खरेल

Breaking news 1, ट्रेण्डिङ्ग, समाचार
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले अधिकार सम्पन्न र स्वायत्त निकायका रुपमा आम जनतालाई अनुभूति दिलाउने गरी काम गर्न प्रेस काउन्सिल नेपालका पदाधिकारीलाई सुझाव दिएका छन् ।प्रेस काउन्सिल नेपालद्वारा आज मन्त्री खरेलको सम्मानमा आयोजित स्वागत कार्यक्रममा उनले आमनिर्वाचन आउँदै गरेको तथा राजनीतिक दलका गतिविधि बढिरहेका बेला काउन्सिललाई परिणाममुखी काम गर्न आग्रह गरे ।  उनले नागरिकस्तरबाट सञ्चालन भएका व्यक्तिगत सामाजिक सञ्जाल राज्यका निकायले अनुगमन र नियमन गरी कारबाहीको दायरामा ल्याउने विषयमा काउन्सिल गम्भीर बन्नुपर्ने बताए । मन्त्री खरेलले मुलुकमा दर्ता भई प्रेस काउन्सिलमा सूचीकृत हुने सञ्चार माध्यमको जिम्मा राज्यले लिनुपर्ने आवश्यकता औँल्याए ।प्रेस काउन्सिल आम सञ्चार माध्यमको न्यायालय हो भन्ने मान्यता स्थापित हुनुपर्नेमा मन्त्री खरेलले जोड दिए । उनले भने, ‘पछिल्लो समय वि...
जनसेवा स्वावलम्बन विकास बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा पुन : भट्टराई

जनसेवा स्वावलम्बन विकास बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा पुन : भट्टराई

Breaking news 1, ट्रेण्डिङ्ग, ताजा अपडेट, समाचार, समाज, स्थानीय
पाल्पा, अशोज २५, पाल्पाको पूर्वखोला गाउँपालिका २, जल्पास्थित श्री जनसेवा स्वावलम्बन विकास बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा प्रेम नारायण भट्टराई निर्वाचित हुनु भएको छ । संस्थाको २७ औं साधारण सभाले भट्टराईलाई पुनः अध्यक्षमा निर्वाचित गरेको हो । जसको उपाध्यक्षमा जय बहादुर सारु, सचिव दिपक न्यौपाने, कोषाध्यक्ष पार्वती सारु, सह सचिव मोहन बहादुर रखाल निर्वाचित भएका छन् । सदस्यहरुमा दान बहादुर ठाडा, अम्बी सरा घर्ती, केशरी कंवर, तुल्सा बारघरे, भीम बहादुर सारु, मनकुमारी राना चयन भएका छन् । कार्यक्रममा संस्थाका लेखा संयोजक भिम बहदुर सारुले सहकारी संस्थाको ६ करोड २७ लाख २२ हजार ४ सय ८ रुपैयाँ बराबरको आय-व्याय प्रस्तुत गर्नुभयो । कार्यक्रममा प्रमुख अतिथि संस्थाका संस्थापक अध्यक्ष इश्वरी प्रसाद न्यौपानेले संस्थाको कारोबार बढेसँगै संस्थाको करोवार र काम कारवाहीलाई पारदर्शी र प्रभावकरी तरिकाले ...
तिनाउ १ तालमा बृहत साँस्कृतिक कार्यक्रम सम्पन्न

तिनाउ १ तालमा बृहत साँस्कृतिक कार्यक्रम सम्पन्न

Breaking news 2, ट्रेण्डिङ्ग, ताजा अपडेट, समाचार, समाज
पाल्पा, पाल्पाको तिनाउँ गाउँपालिका १, ताल कचलमा बृहत साँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । न्यू कालिका युवा क्लवको आयोजजामा तालमा बृहत साँस्कृतिक कार्यक्रम समपन्न भएको हो ।ऐतिहासिक, धार्मिक, पर्यटकीय महत्व बोकेको यस स्थानमा प्रत्येक वर्ष खेलकुद संगै साँस्कृतिक कार्यक्रम हुँदै आएको छ । कार्यक्रम मा राष्ट्रिय कलाकार रेशम निर्दोश, विधान कार्की, सम्झना रणपाल, माधवजोन खत्री लगायतका कलाकारसँगै स्थानीय कलाकारहरूको बेजोड प्रतुति रहेको थियो । गाउँपालिकाका अध्यक्ष प्रेम श्रेष्ठले यस्ता कार्यक्रमले गाउँको पर्यटकीय प्रर्वनधनमा महत्वपूर्ण भूमिका खेल्ने बताउनु भयो । उहाँले गाउँको विकास र सामाजिक रुपान्तरणका लागि युवाहरुको महत्वपूर्ण भूमिका हुने बताउनुभयो । क्लबका अध्यक्ष एमान सिं चिदीको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सचिव कालिका युवा क्लब तोम बहादुर पुनले गर्नु भएको थियो । कार्यैक्रम तिनाउ १ का वडा...