News That Matters

अर्घाखाँचीमा बाख्रामा पीपीआर सङ्क्रमण


facebook sharing button
twitter sharing button
linkedin sharing button
sharethis sharing button

अर्घाखाँची । अर्घाखाँचीमा बाख्रामा फैलिने सङ्क्रामक रोग पीपीआर देखा परेको छ । पीपीआर पुष्टि भएपछि जिल्ला प्रशासन कार्यालयले रोग प्रभावित क्षेत्रका रूपमा पहिचान भएका भूमिकास्थान नगरपालिका–४ को विष्टबारी र मकैडाँडा, वडा नं ५ को असुरकोट तथा वडा नं ८ को नुवाकोट उप्रिकोट क्षेत्रलाई सिल गरेको प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीले जानकारी दिए ।

अर्को आदेश नभएसम्म ती क्षेत्रबाट बाख्रा अन्यत्र ओसारपसार नगर्न कडाइका साथ निर्देशन दिइएको छ । आदेश उल्लङ्घन गरी बाख्रा ओसारपसार गरेको पाइएमा स्थानीय प्रहरी जनशक्ति तथा स्थानीय तहबाट रोक्ने व्यवस्था गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *