News That Matters

ट्रेण्डिङ्ग

बाढी प्रभावित क्षेत्रमा प्रभावकारी काम गर्न रवि लामिछानेको निर्देशन

बाढी प्रभावित क्षेत्रमा प्रभावकारी काम गर्न रवि लामिछानेको निर्देशन

Breaking news 2, ट्रेण्डिङ्ग, ताजा अपडेट, समाचार
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भोटेकोशी बाढीको विपदमा उद्धार र राहतको विषयमा अहिलेसम्म भइरहेको कामको जानकारी लिएका छन् । आइतबार पार्टीको तर्फबाट उद्धार तथा राहतका लागि गठन भएको संयन्त्रका नेताहरूलाई केन्द्रीय कार्यालय वनस्थलीमा बोलाएर उनले प्रभावित क्षेत्रमा भइरहेको कामबारे जानकारी लिएका हुन् । प्रवक्ता जगदीश खरेलले प्रभावकारी कामको लागि पार्टीको सम्पूर्ण तह र निकायलाई निर्देशन दिएको जानकारी दिए ।  ‘भोटेकोसी बाढीको विपदमा खोजी, उद्धार र राहतको सन्दर्भमा रास्वपा सभापति रवि लामिछानेले  पार्टी  सर्कलमा अहिले भइरहेको कामको ब्रिफिङ लिनुभएको छ । साथै प्रभावकारी कामको लागि पार्टीको सम्पूर्ण तह र निकायलाई  निर्देशन दिनुभएको छ’, खरेलले भने । ...
रसुवा बाढीका घाइतेमध्ये १३५ जना डिस्चार्ज

रसुवा बाढीका घाइतेमध्ये १३५ जना डिस्चार्ज

Breaking news 1, ट्रेण्डिङ्ग, ताजा अपडेट, समाचार
काठमाडौँ । रसुवामा आएको विनाशकारी आकस्मिक बाढीका कारण प्रभावित भएकामध्ये हालसम्म ७५ जनाको विभिन्न अस्पतालमा उपचार जारी छ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका अनुसार दुई सय ४२ जना बिरामी तथा घाइतेहरूलाई विभिन्न स्वास्थ्य संस्थामा उपचारका लागि भर्ना गरिएको छ । स्वास्थ्य मन्त्रालय स्वास्थ्य आपत्कालीन तथा विपद् व्यवस्थापन इकाईका अनुसार उपचार गराइरहेकामध्ये एक सय ३५ जना निको भएर घर फर्किसकेका छन् । बाढीका कारण हालसम्म ३ जनाको मृत्यु भएको पुष्टि भएको छ । जसमध्ये एक जनालाई अस्पताल पुर्‍याउँदा नै मृत घोषित गरिएको थियो । काठमाडौँ उपत्यका बाहिरका ३ वटा स्वास्थ्य संस्थामध्ये रसुवा जिल्ला अस्पताल धुन्चेमा सबैभन्दा बढी ७६ जना बिरामी भर्ना भएकोमा २७ जनालाई थप उपचारका लागि रिफर गरिएको छ । ४८ जना डिस्चार्ज भइसकेका छन् । यस्तै नुवाकोटस्थित त्रिशूली अस्पतालमा भर्ना भएका १८ जनामध्ये १४ जना डिस्चार्ज...
त्रिशूलीको बाढीले गल्छीको बागेश्वरी मावि क्षतिग्रस्त

त्रिशूलीको बाढीले गल्छीको बागेश्वरी मावि क्षतिग्रस्त

Breaking news 2, ट्रेण्डिङ्ग, ताजा अपडेट, समाचार, समाज
धादिङ । भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीका कारण धादिङको गल्छी गाउँपालिका–६ बैरेनी बजारस्थित बागेश्वरी माध्यमिक विद्यालय क्षतिग्रस्त भएको छ। बाढीका कारण विद्यालयको प्राङ्गण र कक्षाकोठाभित्र लेदो थुप्रिएको छ। भदौ १० गते बिहान विद्यार्थीहरू विद्यालय आइसकेका थिए। तर बाढीको खबर आएलगत्तै विद्यार्थीहरूबिच भागाभाग मच्चिएको थियो। ज्यान जोगाउन भागाभाग भएपछि विद्यार्थीहरूले कक्षाकोठामै झोला छाडेर भागेका थिए। ती झोलाहरू अझै कक्षाकोठामै लेदोका बीचमा थन्किएका छन्।...
चीन–नेपाल सीमा नजिक बनेको हिमताल फुट्ने जोखिम घट्यो

चीन–नेपाल सीमा नजिक बनेको हिमताल फुट्ने जोखिम घट्यो

Breaking news 1, ट्रेण्डिङ्ग, ताजा अपडेट, समाचार
काठमाडौँ । यसै साताको सुरुआतमा विनाशकारी बाढी आएको चीन–नेपाल सीमा नजिकै हिमपहिरोपछि बनेको ताल फुटेर आउन सक्ने जोखिम घटेको चिनियाँ अधिकारीहरूले जनाएका छन् । तालको आकार खुम्चिँदै गएकाले जोखिम कम भएको बताइएको हो। दुई नदीको सङ्गमस्थलमा चीन–नेपाल सीमामा फैलिएर बनेको उक्त तालको पानी बिस्तारै बगेर गइरहेकाले जलाशयको आकार घट्दै गएको भूउपग्रह तस्बिरले देखाएको छ। सो तालको सतहको क्षेत्रफल बिहीबार बिहान ९९ हजार वर्गमिटरमा झरेको जलस्रोत मन्त्रालयलाई उद्धृत गर्दै चिनियाँ सञ्चारमाध्यमले जनाएका छन्। बिहीबारको तुलनामा यो क्षेत्रफल २१ हजार वर्गमिटरले घटेको हो। हिमनदीको लेदो र भग्नावशेषले बनेको ताल फुटेर उपत्यकामा दोस्रो ठूलो विपद् आउन सक्ने र यसले तल्लो तटीय क्षेत्रमा भइरहेको उद्धार कार्यमा बाधा पुर्‍याउने भन्दै विज्ञहरूले चेतावनी दिएका थिए । तालको अनुगमन गरिरहेको सरकारी टोलीले थप तथ्याङ्क सङ्कलनका लागि ड...
पत्रकार किशोर श्रेष्ठलाई महाराजगञ्जको हिरासतमा सारियो

पत्रकार किशोर श्रेष्ठलाई महाराजगञ्जको हिरासतमा सारियो

Breaking news 3, ट्रेण्डिङ्ग, ताजा अपडेट, समाचार, समाज
काठमाडौं । जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठलाई प्रहरी वृत्त महाराजगञ्जको हिरासत सारिएको छ । यसअघि जिल्ला प्रहरी परिसर भद्रकाली, काठमाडौंको हिरासतमा राखिएका पत्रकार श्रेष्ठलाई अहिले भने प्रहरी वृत्त महाराजगञ्जको हिरासतमा राखिएको छ । पत्रकार श्रेष्ठलाई महाराजगञ्ज वृत्तको हिरासतमा राखिएको पुष्टि प्रहरीले गरेको छ । समाचारका विषयलाई लिएर एक महिलाले वैयक्तिक गोपनियता भंग भएको भन्दै दिएको उजुरीका आधारमा पत्रकार श्रेष्ठ २७ साउनको राति आफ्नै निवास कुसुन्तीबाट पक्राउ परेका थिए । बिहीबार मात्रै अदालतले श्रेष्ठलाई ३ दिन हिरासतमा राख्न अनुमति दिएको थियो । उनलाई गैरकानुनी थुनामा राखिएको भन्दै दायर भएको बन्दीप्रत्यक्षीकरणको रिटमा सर्वोच्च अदालतले बरामद सामग्रीसहित सोमबार अदालत उपस्थित गराउन आदेश दिएको छ ।...
थबाङ पहिरो : मृतक १० जनाको सनाखत

थबाङ पहिरो : मृतक १० जनाको सनाखत

Breaking news 1, ट्रेण्डिङ्ग, ताजा अपडेट, प्रदेश
रोल्पा । रोल्पा जिल्लाको थबाङ गाउँपालिका वडा नं. ५ कोटलबारामा अविरल वर्षासँगै आएको पहिरोले घर तथा गोठ पुरिँदा मृत्यु हुनेको संख्या १० पुगेको छ।  पहिरोमा परी घाइते भएका २ जनालाई उपचारका लागि बुटवलतर्फ पठाइएको छ भने बेपत्ता भएका ३ जनाको खोजी कार्य अझै जारी रहेको छ। रोल्पाको थबाङ गाउँपालिका ५ कोटलबारामा पहिरोमा पुरिएर १८ वर्षीया शान्ती पुन मगर, ६० वर्षीय कमल बहादुर पुन मगर, ८० वर्षीया मनखना पुन मगर, ७५ वर्षीय दलबहादुर पुन मगर र ८५ वर्षीया हस्तकला रोका मगरको मृत्यु भएको छ। यस्तै पहिरोमा बगेर प्युठानमा फेला परेका मृतकहरूमा थबाङ ५ कोटलबाराकै कुमार पुन मगरका ७ वर्षीय छोरा अशोक पुन मगर, ३४ वर्षीय महेन्द्र घर्ती, ६६ वर्षीया मनि पुन मगर, ३४ वर्षीया विष्णु पुन भन्ने जुन कुमारी पुन मगर र ८० वर्षीय बल बहादुर पुन मगर रहेका छन्। घटनामा सोही ठाउँका २२ वर्षीय हिमाल पुन मगर र २५ वर्षीय संजय घर्ती...
चुनावमा हाम्रो प्रतिस्पर्धा पुरानै पार्टीसँग हुन्छ : कांग्रेस

चुनावमा हाम्रो प्रतिस्पर्धा पुरानै पार्टीसँग हुन्छ : कांग्रेस

Breaking news 2, ट्रेण्डिङ्ग, समाचार, समाज
नेपाली कांग्रेसले आगामी निर्वाचनमा पुरानै पार्टीसँग प्रतिस्पर्धा हुने बताएको छ । १३ माघ, काठमाडौं । नेपाली कांग्रेसले आगामी निर्वाचनमा पुरानै पार्टीसँग प्रतिस्पर्धा हुने बताएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा कांग्रेसका प्रवक्ता देवराज चालिसेले फागुन २१ को प्रतिनिधिसभा सदस्यको निर्वाचनमा पुरानै पार्टीसँग प्रतिस्पर्धा हुने बताएका हुन् । ‘यो गम्भीर कुरा पनि हो । मतदाताले भोट हालेर निर्धारण गर्ने कुरा पनि हो,’ चालिसेले भने, ‘तर, पुरानै पार्टीबीच प्रतिस्पर्धा हुन्छ भन्ने लाग्छ ।’ चालिसेले हालै सम्पन्न कांग्रेसको विशेष महाधिवेशनपछि नयाँ नेतृत्व र संरचनासहित निर्वाचन अभियानलाई तीव्रता पारिएको पनि बताए । १६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएकोबारे जानकारी गराउँदै उनले भने,’पार्टीका नीति, योजना तथा कार्यक्रमलाई प्राथिमकता दिई जनतामा विश्वास र भरोसा स्थापित गर...
पाल्पा १ नेकपाका प्रतिनिधि सभा सदस्य उम्मेदवार सुनारीको चुनावी अभियान पर्यटकीय स्थल रिमिघाबाट सुभारम्भ

पाल्पा १ नेकपाका प्रतिनिधि सभा सदस्य उम्मेदवार सुनारीको चुनावी अभियान पर्यटकीय स्थल रिमिघाबाट सुभारम्भ

Breaking news 1, ट्रेण्डिङ्ग, ताजा अपडेट, समाचार, समाज
पाल्पा, पाल्पा क्षेत्र नं. १ नेकपाका प्रतिनिधि सभा सदस्य उम्मेदवार हुम सुनारी मगरले आफ्नै जन्मथलोरम्भा गाउँपालिका २, झोकेदीबाट चुनाव प्रचार प्रसार अभियान सुरु गर्नु भएको छ । रिमिघा पर्यटकीय क्षेत्रबाट उहाँले आफ्नै जन्मथलो रम्भा गाउँपालिका–२, झोकेदीस्थित जिल्लाकै महत्वपूर्ण पर्यटकीय स्थल रिमिघा पर्यटकीय क्षेत्रबाट अभियानको औपचारिक शुभारम्भ गर्नुभएको हो। चुनावी अभियान शुभारम्भ कार्यक्रममा बोल्दै उम्मेदवार सुनारीले सुशासन स्थापना, अनियमितता र भ्रष्टाचारको अन्त्य तथा व्यवस्था परिवर्तन नै आफ्नो उम्मेदवारीको मूल उद्देश्य रहेको बताउनुभयो। उहाँले वर्तमान निर्वाचन प्रणाली खर्चिलो र गलत प्रवृत्तिले ग्रसित भएको उल्लेख गर्दै यस्तो प्रणालीको अन्त्य गर्दै प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्था प्रमुख एजेन्डा रहेको स्पष्ट पार्नुभयो। सुनारीले जेन्जी, जेनजेट का माग र आफूले उठाएका एजे...
चितवनलाई हराउँदै जनकपुरको पहिलो जित

चितवनलाई हराउँदै जनकपुरको पहिलो जित

Breaking news 3, खेलकुद, ट्रेण्डिङ्ग, ताजा अपडेट, समाचार
काठमाडौँ । साविकको विजेता टोली जनकपुर बोल्ट्सले दोस्रो संस्करणको नेपाल प्रिमियर  लिग (एनपीएल) टी–ट्वान्टी क्रिकेटमा पहिलो जित निकालेको छ ।  मंगलबार भएको खेलमा जनकपुरले चितवन राइनोजमाथि ६ विकेटको जित निकाल्दै पहिलो जित दर्ता गरेको हो । त्रिवि क्रिकेट मैदानमा चितवनले दिएको १७७ रनको लक्ष्य पछ्याएको जनकपुरले १७ ओभर ३ बलमा मात्र चार विकेट गुमाउँदै लक्ष्य पूरा गर्‍यो ।  जनकपुरका लागि अनिल शाहले ६१ रनको अर्धशतकीय पारी खेले । ३६ बल खेलेका उनले ४ चौका र ३ छक्का प्रहार गरे । जनकपुरका माज शदागदले ६३ रनको अर्धशतकीय पारी खेले । ३० बल खेलेका उनले ६ चौका र ४ छक्का प्रहार गरे । त्यस्तै आसिफ शेखले १८ रन बनाए । ...
मेयर बालेनलाई पितृशोक

मेयर बालेनलाई पितृशोक

Breaking news 2, ट्रेण्डिङ्ग, ताजा अपडेट, समाचार
१५ मंसिर, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहका बुवा रामनारायण शाहको निधन भएको छ । उनको सोमबार मध्यान्ह निधन भएको हो । उनी आइतबार बिहान नयाँ बानेश्वरस्थित सिभिल अस्पताल भर्ना भएका थिए । उनको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । अस्पताल स्रोतका अनुसार, उनको पिसाबमा संक्रमण भएर शरीरमा फैलिएको थियो । शाहलाई भेट्न सोमबार बिहान प्रधानमन्त्री सुशीला कार्की पनि पुगेकी थिइन् ।...