News That Matters

पार्टी एकताका लागि विप्लवका दुई सर्त


काठमाडौँ । नेकपा माओवादी केन्द्रसँग पार्टी एकताका लागि नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले दुईवटा सर्त राखेका छन् । जेनजी विद्रोहपछि वामपन्थीबिच एकता र ध्रुवीकरणको विषयमा चरणबद्ध छलफल हुँदै आएको बेला विप्लवले सर्तसहितको एकता प्रस्ताव राखेका हुन् । समाजवादी मोर्चाका संयोजक समेत रहेका उनले असोजको दोस्रो हप्ता काठमाडौँ आएका थिए । सोही क्रममा उनले माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल लगायत समाजवादी मोर्चाका नेताहरूसँग विप्लवले भेटेका थिए । असोज १४ गते ललितपुरस्थित हात्तीवनमा प्रचण्डसँग भेटका क्रममा उनले दुईवटा सर्त राखिएको बुझिएको छ । 

पहिलो सर्तमा नेतृत्व तहका सबै नेताहरूलाई बिदा गरी नयाँ कम्युनिस्ट केन्द्र बनाउने रहेको छ । दोस्रो सर्तमा संक्रमणकालीन अवस्थामा एकतामा जोडिएका मूल नेतृत्वलाई संयोजक तोकेर एकता महाधिवेशनमा आफूलाई नेतृत्व दिनेगरी सहमति गर्नुपर्ने रहेको छ । विप्लवको सर्तमा प्रचण्ड सहमत नभएको बुझिएको छ । तर नयाँ कम्युनिस्ट केन्द्र बनाएर जाने विषयमा सकारात्मक देखिएका समाजवादी मोर्चाका एक नेताले जिकिर गरे ।


काठमाडौँ । नेकपा माओवादी केन्द्रसँग पार्टी एकताका लागि नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले दुईवटा सर्त राखेका छन् । जेनजी विद्रोहपछि वामपन्थीबिच एकता र ध्रुवीकरणको विषयमा चरणबद्ध छलफल हुँदै आएको बेला विप्लवले सर्तसहितको एकता प्रस्ताव राखेका हुन् । 

समाजवादी मोर्चाका संयोजक समेत रहेका उनले असोजको दोस्रो हप्ता काठमाडौँ आएका थिए । सोही क्रममा उनले माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल लगायत समाजवादी मोर्चाका नेताहरूसँग विप्लवले भेटेका थिए । असोज १४ गते ललितपुरस्थित हात्तीवनमा प्रचण्डसँग भेटका क्रममा उनले दुईवटा सर्त राखिएको बुझिएको छ । 

पहिलो सर्तमा नेतृत्व तहका सबै नेताहरूलाई बिदा गरी नयाँ कम्युनिस्ट केन्द्र बनाउने रहेको छ । दोस्रो सर्तमा संक्रमणकालीन अवस्थामा एकतामा जोडिएका मूल नेतृत्वलाई संयोजक तोकेर एकता महाधिवेशनमा आफूलाई नेतृत्व दिनेगरी सहमति गर्नुपर्ने रहेको छ । विप्लवको सर्तमा प्रचण्ड सहमत नभएको बुझिएको छ । तर नयाँ कम्युनिस्ट केन्द्र बनाएर जाने विषयमा सकारात्मक देखिएका समाजवादी मोर्चाका एक नेताले जिकिर गरे ।

‘समाजवादी मोर्चासँग एकता गर्ने विषयमा गम्भीर छलफल भयो । प्रचण्डजीसँग भएको छलफलमा विप्लवजीले नेतृत्वमा रहेका सबैलाई बिदा गरी नयाँ कम्युनिस्ट केन्द्र बनाउने र एकता महाधिवेशनमा नेतृत्व दिने सम्बन्धमा सहमति हुनुपर्ने सर्त राख्नुभएको छ’, रातोपाटीसँग ती नेताले भने, ‘पार्टी एकताको विषयमा पार्टीबाट निर्णय गर्छौँ भन्नुभएको छ । एकताका लागि सकारात्मक पहल भएपनि निष्कर्षमा पुगेको छैन । उहाँले कस्तो निर्णय गर्नुहुन्छ, पार्टीको निर्णय कुरौँ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *