News That Matters

Author: Nilo Pati News

तिनाउ १ तालमा बृहत साँस्कृतिक कार्यक्रम सम्पन्न

तिनाउ १ तालमा बृहत साँस्कृतिक कार्यक्रम सम्पन्न

Breaking news 2, ट्रेण्डिङ्ग, ताजा अपडेट, समाचार, समाज
पाल्पा, पाल्पाको तिनाउँ गाउँपालिका १, ताल कचलमा बृहत साँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । न्यू कालिका युवा क्लवको आयोजजामा तालमा बृहत साँस्कृतिक कार्यक्रम समपन्न भएको हो ।ऐतिहासिक, धार्मिक, पर्यटकीय महत्व बोकेको यस स्थानमा प्रत्येक वर्ष खेलकुद संगै साँस्कृतिक कार्यक्रम हुँदै आएको छ । कार्यक्रम मा राष्ट्रिय कलाकार रेशम निर्दोश, विधान कार्की, सम्झना रणपाल, माधवजोन खत्री लगायतका कलाकारसँगै स्थानीय कलाकारहरूको बेजोड प्रतुति रहेको थियो । गाउँपालिकाका अध्यक्ष प्रेम श्रेष्ठले यस्ता कार्यक्रमले गाउँको पर्यटकीय प्रर्वनधनमा महत्वपूर्ण भूमिका खेल्ने बताउनु भयो । उहाँले गाउँको विकास र सामाजिक रुपान्तरणका लागि युवाहरुको महत्वपूर्ण भूमिका हुने बताउनुभयो । क्लबका अध्यक्ष एमान सिं चिदीको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सचिव कालिका युवा क्लब तोम बहादुर पुनले गर्नु भएको थियो । कार्यैक्रम तिनाउ १ का वडा...
कैलालीमा युवकको विभत्स हत्या

कैलालीमा युवकको विभत्स हत्या

Breaking news 3, अपराध, समाचार, समाज
२५ असोज, धनगढी । कैलालीमा आपसी विवादमा एक युवकको विभत्स हत्या भएको छ । घोडाघोडी नगरपालिका–८ मा शुक्रबार राति खाजा खाने क्रममा विवाद हुँदा २८ वर्षीय केशरसिंह बुढाको घाँटी रेटेर हत्या भएको प्रहरीले जनाएको छ ।जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) राजकुमार सिंहले सुर्खेतको चौकुने गाउँपालिका–३ घर भएका बुढाको हत्यामा संलग्न दुई जनाले राति नै प्रहरीमा आत्मासमर्पण गरेको जानकारी दिए । उनकाअनुसार धारिलो हतियारले रेटिएको टाउको बोकेर शुक्रबार राति नै घोडाघोडीकै १८ वर्षीय बलबहादुर बि.क. र १९ वर्षीय गंगा बुढा क्षेत्री इलाका प्रहरी कार्यालय सुखडमा पुगेका थिए । उनीहरुलाई नियन्त्रणमा राखेर घटनाबारे अनुसन्धान भइरहेको छ ।...
टी-२० विश्वकप छनोटको सुपर सिक्स समीकरण पूरा

टी-२० विश्वकप छनोटको सुपर सिक्स समीकरण पूरा

Breaking news 1, खेलकुद, ट्रेण्डिङ्ग, ताजा अपडेट, समाचार
काठमाडौं, २५ असोज । ओमानमा जारी आईसीसी टी-२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको सुपर सिक्स समीकरण पूरा भएको छ । शुक्रबार राति समूह चरणको अन्तिम खेलमा ओमानले पीएनजीलाई हराएसँगै सुपर सिक्समा पुग्ने सबै टोलीको टुंगो लागेको हो । शुक्रबार राति समूह चरणको अन्तिम खेलमा ओमानले पीएनजीलाई हराएसँगै सुपर सिक्समा पुग्ने सबै टोलीको टुंगो लागेको हो । समूह चरणबाट आयोजक ओमानसँगै नेपाल र यूएई अपराजित रहँदै अघि बढेका छन् भने सामोआ, जापान र कतार एक जितका साथ अगाडि बढे । समूह १ मा शीर्षस्थानमा रहेको यूएई २ अंकका साथ सुपर सिक्समा प्रवेश गर्दा नेपाल समूह २ को विजेताका रूपमा २ अंक लिएर सुपर सिक्समा पुगेको छ । समूह ३ बाट ओमान विजेताका रूपमा ३ अंक लिएर अघि बढेको छ । समूह चरणमा खेलिसकेका टोलीहरू अब एकआपसमा खेल्नु पर्ने छैन । समूह चरणमा आफुले पराजित गरेको टोली पनि अगाडि बढे उक्त जितको २ अ...
वीपी राजमार्गमा पूर्ण रूपमा यातायात सञ्चालन

वीपी राजमार्गमा पूर्ण रूपमा यातायात सञ्चालन

Breaking news 2, ट्रेण्डिङ्ग, ताजा अपडेट, समाचार, समाज
काभ्रेपलाञ्चोक । गत साताको बाढीले क्षतिग्रस्त वीपी राजमार्गमा आजदेखि पूर्ण रूपमा यातायात सञ्चालनमा आएको छ । राजमार्गको विभिन्न खण्डमा अस्थायी सडक बनाउने कार्यलाई तीव्रता दिइएसँगै १९ स्थानमा ‘डाइभर्सन’ बनाएर आजदेखि खुलाइएको हो ।  शुक्रबार साँझ क्षतिग्रस्त सम्पूर्ण खण्डमा ‘ट्रयाक’ खुलाएपछि परीक्षण गरी आज बिहानदेखि राजमार्ग पूर्ण रूपमा खुलाइएको डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको छ । आज बिहानैदेखि सवारीसाधन सञ्चालनमा ल्याउने गरी रातको समयमा समेत कामलाई निरन्तरता दिइएपछि राजमार्ग पूर्ण रूपमा खुलाउन सम्भव भएको डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको हो ।  शुक्रबार साँझसम्ममा राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–६ स्थित चौकीडाँडादेखि रोशी गाउँपालिकाको माम्तीसम्म ‘ट्रयाक’ खोली सकेर परीक्षण गरिएको थियो । कार्यालयका प्रमुख सिनियर डिभिजनल इञ्जिनियर सुमन योगेशले राजमार्ग...
५३२ स्वकीय हट्दा २४ करोड ६४ लाख बचत हुने

५३२ स्वकीय हट्दा २४ करोड ६४ लाख बचत हुने

अर्थ, ताजा अपडेट, प्रदेश, समाचार, समाज
विराटनगर । मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले अनुत्पादक खर्च कटौती र मितव्ययिता कायम गर्ने सम्बन्धमा प्रेस विज्ञप्ति जारी गर्‍यो । विराटनगर । मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले अनुत्पादक खर्च कटौती र मितव्ययिता कायम गर्ने सम्बन्धमा प्रेस विज्ञप्ति जारी गर्‍यो । हाल सातै प्रदेशमा ७४ जना मन्त्रीहरू छन्, उनीहरूले स्वकीय राख्न पाउँछन् । प्रदेश सभा सदस्यको संख्या ४७३ जना छ । जसअनुसार सरकारकाे निर्णयले उनीहरूको वार्षिक खर्च २१ करोड ३५ लाख ५ हजार बढी जाेगिने छ । यस्तै राष्ट्रिय सभाका सदस्यहरूको वार्षिक खर्च एक जना स्वकीय सचिवका लागि पाँच लाख ५९ हजार रुपैयाँ हुने देखिन्छ । एक स्वकीय सचिवले आफूलाई मासिक ४३ हजार बढी रकम आउने बताए । दसैँ खर्चसहित उपलब्ध हुँदा त्यति पुग्ने उनको स्विकारोक्ति छ । त्यस आधारमा ६० सदस्यीय राष्ट्रिय सभाको अध्यक्षबाहेक ५९ जनाका स्वकीय हट्दा वार्षिक ३ करोड २९ लाख ८१ हजार खर...
१२ निर्माण कम्पनी सरकारको कालोसूचीमा

१२ निर्माण कम्पनी सरकारको कालोसूचीमा

Breaking news 3, ट्रेण्डिङ्ग, समाचार, समाज
काठमाडौँ । सरकारले विभिन्न १२ वटा निर्माण कम्पनी तथा आपूर्तिकर्तालाई कालोसूचीमा राखेको छ ।  सार्वजनिक खरिद अनुगमन कार्यालयले आपूर्तिकर्ताहरूलाई कालोसूचीमा राखेको हो । कार्यालयले आज एक सूचना जारी गर्दै असोज ८ गतेको निर्णय अनुसार सूचना प्रकाशित भएको मितिदेखि लागू हुने गरी कालोसूचीमा राखिएका निर्माण कम्पनीको सूची सार्वजनिक गरेको हो ।  कालोसूचीमा परेका निर्माण व्यवसायी तथा आपूर्तिकर्ताहरूले सार्वजनिक निकायहरूबाट कुनै पनि खरिद कारबाहीमा भाग लिन नपाउने व्यवस्था गरिएको छ ।...
प्रधानमन्त्रीले आज राष्ट्रको नाममा सम्बोधन गर्ने

प्रधानमन्त्रीले आज राष्ट्रको नाममा सम्बोधन गर्ने

Breaking news 1, ट्रेण्डिङ्ग, समाचार
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आज राष्ट्रका नाममा सम्बोधन गर्ने भएकी छन् । दिउँसो ४ बजे मन्त्रिपरिषद् बस्ने र त्यसपछि साँझ ६ बजे कार्कीको सम्बोधन आउने प्रधानमन्त्री स्रोतले जानकारी दिएको छ । जेनजी प्रदर्शनपछि भदौ २७ गते कार्की मुलुककै पहिलो महिला प्रधानमन्त्री बनेकी थिइन् । 
गुल्मीमा चट्याङ लाग्दा बालिकाको मृत्यु

गुल्मीमा चट्याङ लाग्दा बालिकाको मृत्यु

Breaking news 2, ताजा अपडेट, प्रदेश, समाचार, समाज
गुल्मी । गुल्मीको मदाने गाउँपालिकामा आज बिहान करिब २ः०० बजे परेको चट्याङ लागेर चार वर्षीया बालिकाको मृत्यु भएको छ । मदाने–५ झ्यानपानीका नेरसिंह विककी चार वर्षीया छोरी रियासा विकको चट्याङ लागेर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी गङ्गाबहादुर सारूले जानकारी दिए ।  उनका अनुसार चट्याङका कारण विकका बुबा नेरसिंह र आमा सुन्तली विक घाइते भएका छन् । घरमा सुतिरहेको अवस्थामा परेको चट्याङ लागेर नेरसिंहको छाती र पेटमा नीलडाम लागेको छ भने श्रीमती सुन्तलीको पेट र दायाँ खुट्टामा चोट लागेको प्रहरीले जनाएको छ । घाइते दम्पतीलाई प्रारम्भिक उपचारका लागि स्थानीय स्वास्थ्य संस्थामा लगिएको जनाउँदै सारूले यहाँ उपचार हुन नसकेपछि थप उपचारका लागि जिल्ला अस्पताल प्युठान पठाइएको बताए ।...
मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध

मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध

Breaking news 2, ताजा अपडेट, समाचार
काठमाडौँ । मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध भएको छ । धादिङको जवाङ खोलानजिकै पहिरो जाँदा सडक दुवैतर्फ अवरुद्ध बनेको प्रहरीले जनाएको छ ।  गएराति गएको पहिरो पन्छाउने कार्य जारी रहेपनि निरन्तर पहिरो खस्दा बाटो सञ्चालनमा आउन नसकेको हो । पहिरो हटाउन दिनभर लाग्ने देखिएकोले वैकल्पिक सडकको प्रयोग गर्न प्रहरीले अनुरोध गरेको छ । यात्रुहरूलाई सुरक्षित ठाउँमा रहन र लेन अनुशासन पालना गर्न पनि प्रहरीले आग्रह गरेको छ ।  दुईतर्फी सडक अवरुद्ध हुँदा दसैँको लागि राजधानी छाड्ने क्रममा रहेका सयौँ सवारीसाधन रोकिएका छन् । ...