थबाङ पहिरो : मृतक १० जनाको सनाखत
रोल्पा । रोल्पा जिल्लाको थबाङ गाउँपालिका वडा नं. ५ कोटलबारामा अविरल वर्षासँगै आएको पहिरोले घर तथा गोठ पुरिँदा मृत्यु हुनेको संख्या १० पुगेको छ।
पहिरोमा परी घाइते भएका २ जनालाई उपचारका लागि बुटवलतर्फ पठाइएको छ भने बेपत्ता भएका ३ जनाको खोजी कार्य अझै जारी रहेको छ। रोल्पाको थबाङ गाउँपालिका ५ कोटलबारामा पहिरोमा पुरिएर १८ वर्षीया शान्ती पुन मगर, ६० वर्षीय कमल बहादुर पुन मगर, ८० वर्षीया मनखना पुन मगर, ७५ वर्षीय दलबहादुर पुन मगर र ८५ वर्षीया हस्तकला रोका मगरको मृत्यु भएको छ। यस्तै पहिरोमा बगेर प्युठानमा फेला परेका मृतकहरूमा थबाङ ५ कोटलबाराकै कुमार पुन मगरका ७ वर्षीय छोरा अशोक पुन मगर, ३४ वर्षीय महेन्द्र घर्ती, ६६ वर्षीया मनि पुन मगर, ३४ वर्षीया विष्णु पुन भन्ने जुन कुमारी पुन मगर र ८० वर्षीय बल बहादुर पुन मगर रहेका छन्।
घटनामा सोही ठाउँका २२ वर्षीय हिमाल पुन मगर र २५ वर्षीय संजय घर्ती...









