News That Matters

रसुवा बाढीका घाइतेमध्ये १३५ जना डिस्चार्ज


काठमाडौँ । रसुवामा आएको विनाशकारी आकस्मिक बाढीका कारण प्रभावित भएकामध्ये हालसम्म ७५ जनाको विभिन्न अस्पतालमा उपचार जारी छ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका अनुसार दुई सय ४२ जना बिरामी तथा घाइतेहरूलाई विभिन्न स्वास्थ्य संस्थामा उपचारका लागि भर्ना गरिएको छ ।

स्वास्थ्य मन्त्रालय स्वास्थ्य आपत्कालीन तथा विपद् व्यवस्थापन इकाईका अनुसार उपचार गराइरहेकामध्ये एक सय ३५ जना निको भएर घर फर्किसकेका छन् । बाढीका कारण हालसम्म ३ जनाको मृत्यु भएको पुष्टि भएको छ । जसमध्ये एक जनालाई अस्पताल पुर्‍याउँदा नै मृत घोषित गरिएको थियो । काठमाडौँ उपत्यका बाहिरका ३ वटा स्वास्थ्य संस्थामध्ये रसुवा जिल्ला अस्पताल धुन्चेमा सबैभन्दा बढी ७६ जना बिरामी भर्ना भएकोमा २७ जनालाई थप उपचारका लागि रिफर गरिएको छ । ४८ जना डिस्चार्ज भइसकेका छन् । यस्तै नुवाकोटस्थित त्रिशूली अस्पतालमा भर्ना भएका १८ जनामध्ये १४ जना डिस्चार्ज भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *