News That Matters

तिनाउ १ तालमा बृहत साँस्कृतिक कार्यक्रम सम्पन्न


पाल्पा, पाल्पाको तिनाउँ गाउँपालिका १, ताल कचलमा बृहत साँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । न्यू कालिका युवा क्लवको आयोजजामा तालमा बृहत साँस्कृतिक कार्यक्रम समपन्न भएको हो ।
ऐतिहासिक, धार्मिक, पर्यटकीय महत्व बोकेको यस स्थानमा प्रत्येक वर्ष खेलकुद संगै साँस्कृतिक कार्यक्रम हुँदै आएको छ । कार्यक्रम मा राष्ट्रिय कलाकार रेशम निर्दोश, विधान कार्की, सम्झना रणपाल, माधवजोन खत्री लगायतका कलाकारसँगै स्थानीय कलाकारहरूको बेजोड प्रतुति रहेको थियो । गाउँपालिकाका अध्यक्ष प्रेम श्रेष्ठले यस्ता कार्यक्रमले गाउँको पर्यटकीय प्रर्वनधनमा महत्वपूर्ण भूमिका खेल्ने बताउनु भयो । उहाँले गाउँको विकास र सामाजिक रुपान्तरणका लागि युवाहरुको महत्वपूर्ण भूमिका हुने बताउनुभयो । क्लबका अध्यक्ष एमान सिं चिदीको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सचिव कालिका युवा क्लब तोम बहादुर पुनले गर्नु भएको थियो । कार्यैक्रम तिनाउ १ का वडा सदस्य देउ बहादुर पुनको स्वागत मन्तव्यबाट सुरु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *