पाल्पा, अशोज २५, पाल्पाको पूर्वखोला गाउँपालिका २, जल्पास्थित श्री जनसेवा स्वावलम्बन विकास बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा प्रेम नारायण भट्टराई निर्वाचित हुनु भएको छ । संस्थाको २७ औं साधारण सभाले भट्टराईलाई पुनः अध्यक्षमा निर्वाचित गरेको हो । जसको उपाध्यक्षमा जय बहादुर सारु, सचिव दिपक न्यौपाने, कोषाध्यक्ष पार्वती सारु, सह सचिव मोहन बहादुर रखाल निर्वाचित भएका छन् । सदस्यहरुमा दान बहादुर ठाडा, अम्बी सरा घर्ती, केशरी कंवर, तुल्सा बारघरे, भीम बहादुर सारु, मनकुमारी राना चयन भएका छन् ।

कार्यक्रममा संस्थाका लेखा संयोजक भिम बहदुर सारुले सहकारी संस्थाको ६ करोड २७ लाख २२ हजार ४ सय ८ रुपैयाँ बराबरको आय-व्याय प्रस्तुत गर्नुभयो । कार्यक्रममा प्रमुख अतिथि संस्थाका संस्थापक अध्यक्ष इश्वरी प्रसाद न्यौपानेले संस्थाको कारोबार बढेसँगै संस्थाको करोवार र काम कारवाहीलाई पारदर्शी र प्रभावकरी तरिकाले अगाडी बढाउन सबै सदस्यहरु एकजुट भएर लाग्नुपर्नेमा जोड दिनुभयो । कार्र्यक्रममा शम्भु माविका प्रअ चित्र बहदुर कंवर, कमला आविका प्रअ मोहन बहादुर रखाल लगायतले नवनिर्वाचित कार्यसमितिलाई शुभकामना दिनुभयो । कार्यक्रममा एसइइमा उत्कृष्ट नतिजा ल्याउन सफल सरश्वती मावि खैरेनीका छात्र संगम न्यौपाने र शम्भु माविका छात्रा विनिता कंवरलाई संम्मान गरिएको छ । संस्थाको निर्वतमान उपाध्यक्ष नीर बहादुर सारुको स्वागतबाट सुरु भएको कार्यक्रम प्रेम नारायण भट्टराईको अध्यक्षता र सचिव दिपक न्यौपानेको संचालनमा भएको थियो ।

