News That Matters

समाचार

वीपी राजमार्गमा पूर्ण रूपमा यातायात सञ्चालन

वीपी राजमार्गमा पूर्ण रूपमा यातायात सञ्चालन

Breaking news 2, ट्रेण्डिङ्ग, ताजा अपडेट, समाचार, समाज
काभ्रेपलाञ्चोक । गत साताको बाढीले क्षतिग्रस्त वीपी राजमार्गमा आजदेखि पूर्ण रूपमा यातायात सञ्चालनमा आएको छ । राजमार्गको विभिन्न खण्डमा अस्थायी सडक बनाउने कार्यलाई तीव्रता दिइएसँगै १९ स्थानमा ‘डाइभर्सन’ बनाएर आजदेखि खुलाइएको हो ।  शुक्रबार साँझ क्षतिग्रस्त सम्पूर्ण खण्डमा ‘ट्रयाक’ खुलाएपछि परीक्षण गरी आज बिहानदेखि राजमार्ग पूर्ण रूपमा खुलाइएको डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको छ । आज बिहानैदेखि सवारीसाधन सञ्चालनमा ल्याउने गरी रातको समयमा समेत कामलाई निरन्तरता दिइएपछि राजमार्ग पूर्ण रूपमा खुलाउन सम्भव भएको डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको हो ।  शुक्रबार साँझसम्ममा राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–६ स्थित चौकीडाँडादेखि रोशी गाउँपालिकाको माम्तीसम्म ‘ट्रयाक’ खोली सकेर परीक्षण गरिएको थियो । कार्यालयका प्रमुख सिनियर डिभिजनल इञ्जिनियर सुमन योगेशले राजमार्ग...
५३२ स्वकीय हट्दा २४ करोड ६४ लाख बचत हुने

५३२ स्वकीय हट्दा २४ करोड ६४ लाख बचत हुने

अर्थ, ताजा अपडेट, प्रदेश, समाचार, समाज
विराटनगर । मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले अनुत्पादक खर्च कटौती र मितव्ययिता कायम गर्ने सम्बन्धमा प्रेस विज्ञप्ति जारी गर्‍यो । विराटनगर । मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले अनुत्पादक खर्च कटौती र मितव्ययिता कायम गर्ने सम्बन्धमा प्रेस विज्ञप्ति जारी गर्‍यो । हाल सातै प्रदेशमा ७४ जना मन्त्रीहरू छन्, उनीहरूले स्वकीय राख्न पाउँछन् । प्रदेश सभा सदस्यको संख्या ४७३ जना छ । जसअनुसार सरकारकाे निर्णयले उनीहरूको वार्षिक खर्च २१ करोड ३५ लाख ५ हजार बढी जाेगिने छ । यस्तै राष्ट्रिय सभाका सदस्यहरूको वार्षिक खर्च एक जना स्वकीय सचिवका लागि पाँच लाख ५९ हजार रुपैयाँ हुने देखिन्छ । एक स्वकीय सचिवले आफूलाई मासिक ४३ हजार बढी रकम आउने बताए । दसैँ खर्चसहित उपलब्ध हुँदा त्यति पुग्ने उनको स्विकारोक्ति छ । त्यस आधारमा ६० सदस्यीय राष्ट्रिय सभाको अध्यक्षबाहेक ५९ जनाका स्वकीय हट्दा वार्षिक ३ करोड २९ लाख ८१ हजार खर...
१२ निर्माण कम्पनी सरकारको कालोसूचीमा

१२ निर्माण कम्पनी सरकारको कालोसूचीमा

Breaking news 3, ट्रेण्डिङ्ग, समाचार, समाज
काठमाडौँ । सरकारले विभिन्न १२ वटा निर्माण कम्पनी तथा आपूर्तिकर्तालाई कालोसूचीमा राखेको छ ।  सार्वजनिक खरिद अनुगमन कार्यालयले आपूर्तिकर्ताहरूलाई कालोसूचीमा राखेको हो । कार्यालयले आज एक सूचना जारी गर्दै असोज ८ गतेको निर्णय अनुसार सूचना प्रकाशित भएको मितिदेखि लागू हुने गरी कालोसूचीमा राखिएका निर्माण कम्पनीको सूची सार्वजनिक गरेको हो ।  कालोसूचीमा परेका निर्माण व्यवसायी तथा आपूर्तिकर्ताहरूले सार्वजनिक निकायहरूबाट कुनै पनि खरिद कारबाहीमा भाग लिन नपाउने व्यवस्था गरिएको छ ।...
प्रधानमन्त्रीले आज राष्ट्रको नाममा सम्बोधन गर्ने

प्रधानमन्त्रीले आज राष्ट्रको नाममा सम्बोधन गर्ने

Breaking news 1, ट्रेण्डिङ्ग, समाचार
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आज राष्ट्रका नाममा सम्बोधन गर्ने भएकी छन् । दिउँसो ४ बजे मन्त्रिपरिषद् बस्ने र त्यसपछि साँझ ६ बजे कार्कीको सम्बोधन आउने प्रधानमन्त्री स्रोतले जानकारी दिएको छ । जेनजी प्रदर्शनपछि भदौ २७ गते कार्की मुलुककै पहिलो महिला प्रधानमन्त्री बनेकी थिइन् । 
गुल्मीमा चट्याङ लाग्दा बालिकाको मृत्यु

गुल्मीमा चट्याङ लाग्दा बालिकाको मृत्यु

Breaking news 2, ताजा अपडेट, प्रदेश, समाचार, समाज
गुल्मी । गुल्मीको मदाने गाउँपालिकामा आज बिहान करिब २ः०० बजे परेको चट्याङ लागेर चार वर्षीया बालिकाको मृत्यु भएको छ । मदाने–५ झ्यानपानीका नेरसिंह विककी चार वर्षीया छोरी रियासा विकको चट्याङ लागेर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी गङ्गाबहादुर सारूले जानकारी दिए ।  उनका अनुसार चट्याङका कारण विकका बुबा नेरसिंह र आमा सुन्तली विक घाइते भएका छन् । घरमा सुतिरहेको अवस्थामा परेको चट्याङ लागेर नेरसिंहको छाती र पेटमा नीलडाम लागेको छ भने श्रीमती सुन्तलीको पेट र दायाँ खुट्टामा चोट लागेको प्रहरीले जनाएको छ । घाइते दम्पतीलाई प्रारम्भिक उपचारका लागि स्थानीय स्वास्थ्य संस्थामा लगिएको जनाउँदै सारूले यहाँ उपचार हुन नसकेपछि थप उपचारका लागि जिल्ला अस्पताल प्युठान पठाइएको बताए ।...
मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध

मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध

Breaking news 2, ताजा अपडेट, समाचार
काठमाडौँ । मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध भएको छ । धादिङको जवाङ खोलानजिकै पहिरो जाँदा सडक दुवैतर्फ अवरुद्ध बनेको प्रहरीले जनाएको छ ।  गएराति गएको पहिरो पन्छाउने कार्य जारी रहेपनि निरन्तर पहिरो खस्दा बाटो सञ्चालनमा आउन नसकेको हो । पहिरो हटाउन दिनभर लाग्ने देखिएकोले वैकल्पिक सडकको प्रयोग गर्न प्रहरीले अनुरोध गरेको छ । यात्रुहरूलाई सुरक्षित ठाउँमा रहन र लेन अनुशासन पालना गर्न पनि प्रहरीले आग्रह गरेको छ ।  दुईतर्फी सडक अवरुद्ध हुँदा दसैँको लागि राजधानी छाड्ने क्रममा रहेका सयौँ सवारीसाधन रोकिएका छन् । ...
आज माता ब्रह्मचारिणीको पूजा तथा आराधाना गरिदै

आज माता ब्रह्मचारिणीको पूजा तथा आराधाना गरिदै

Breaking news 1, समाचार
आज माता ब्रह्मचारिणीको पूजा तथा आराधाना गरिदै छ ।नवरात्रको दोस्रो दिन ब्रह्मचारिणी स्वरुप नवदुर्गा भवानीको पूजा तथा आराधना गरिन्छ। ‘ब्रह्मा’ को अर्थ तपस्या अर्थात कठोर तप गर्ने भन्ने बुझिन्छ। ब्रह्मचारिणी देवीले शिरमा अर्धचन्द्र र नाना प्रकारका आभूषण धारण गरेकी छन्। दाहिने हातमा जपमाला र बाँया हातमा कमण्डलु लिएकी छन्।पौराणिक मान्यता अनुसार माता पार्वतीले भगवान शिवलाई प्राप्त गर्न ब्रह्मचर्य धारण गरी हजारौँ वर्षसम्म कठोर तपस्या गरेकी थिइन्। पूर्वजन्ममा हिमालय पर्वतकी पुत्री शैलपुत्रीका रूपमा प्रकट भएकी पार्वतीले देवर्षि नारदको उपदेशअनुसार महादेवलाई पति पाउन कठिन तपस्या गरिन्। उनले एक हजार वर्ष फलफूल मात्र खाएर, सयौँ वर्ष साग मात्र खाएर, र हजारौँ वर्ष बेलपत्र खाएर तपस्या गरिन्। अन्ततः बेलपत्र समेत त्यागेर खुला आकाश मुनि निराहार कठोर तपस्या गरिरहेकी थिइन्। यसरी कयौँ हजार वर्षको तपस्याका कारण ...
संगीता मिश्रको नाम मन्त्री बन्ने सूचीबाट हटाइयो

संगीता मिश्रको नाम मन्त्री बन्ने सूचीबाट हटाइयो

Breaking news 1, समाचार, स्वास्थ्य
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले मन्त्री बन्ने सूचीबाट डा. संगीता कौशल मिश्रको नाम हटाएकी छन् । प्रधानमन्त्री कार्कीले आइतबार मिश्रलाई स्वास्थ्यमन्त्रीमा राखेर पाँच जनाको नाम राष्ट्रपतिको कार्यालय पठाएकी थिइन्। मिश्र नागरिकता विवाद र अनियमिततामा मुछिएको भन्दै आलोचना भएपछि प्रधानमन्त्री कार्कीले उनको नाम काटेकी हुन् । अब चार जना मन्त्रीले मात्रै आज शपथ लिनेछन् । आज उद्योगमन्त्री अनिलकुमार सिन्हा, कृषिमन्त्री मदन परियार, सञ्चारमन्त्री जगदीश खरेल र शिक्षामन्त्री महावीर पुनले मात्र शपथ खाने छन् भने स्वास्थ्यमन्त्री पद खाली नै रहने स्रोतले जनाएको छ । यसअघि स्वास्थ्यमन्त्री प्रदीप पौडेलले मिश्रलाई स्वास्थ्य सचिवको समेत जिम्मेवारी दिन चाहेका थिएनन् । त्यसकारण उनी स्वास्थ्य मन्त्रालयको अतिरिक्त सचिव पदमा रहेर जिम्मेवारीविहीन थिइन् । मन्त्री बन्ने भएपछि मिश्रले अतिरिक्त सचिव ...
५० भन्दा बढी गम्भीर घाइते 

५० भन्दा बढी गम्भीर घाइते 

Breaking news 1, Breaking news 2, Breaking news 3, अर्थ, प्रदेश, समाचार, स्वास्थ्य
काठमाडौंको बानेश्वरस्थित संसद भवन परिसरमा भएको जेन-जी युवाहरूको प्रदर्शनमा कम्तीमा ५० जनाको हाराहारीमा गम्भीर घाइते भएको खुलेको छ ।
५० भन्दा बढी गम्भीर घाइते

५० भन्दा बढी गम्भीर घाइते

Breaking news 1, Breaking news 2, Breaking news 3, अर्थ, प्रदेश, समाचार, स्वास्थ्य
काठमाडौंको बानेश्वरस्थित संसद भवन परिसरमा भएको जेन-जी युवाहरूको प्रदर्शनमा कम्तीमा ५० जनाको हाराहारीमा गम्भीर घाइते भएको खुलेको छ ।