News That Matters

Breaking news 3

पत्रकार किशोर श्रेष्ठलाई महाराजगञ्जको हिरासतमा सारियो

पत्रकार किशोर श्रेष्ठलाई महाराजगञ्जको हिरासतमा सारियो

Breaking news 3, ट्रेण्डिङ्ग, ताजा अपडेट, समाचार, समाज
काठमाडौं । जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठलाई प्रहरी वृत्त महाराजगञ्जको हिरासत सारिएको छ । यसअघि जिल्ला प्रहरी परिसर भद्रकाली, काठमाडौंको हिरासतमा राखिएका पत्रकार श्रेष्ठलाई अहिले भने प्रहरी वृत्त महाराजगञ्जको हिरासतमा राखिएको छ । पत्रकार श्रेष्ठलाई महाराजगञ्ज वृत्तको हिरासतमा राखिएको पुष्टि प्रहरीले गरेको छ । समाचारका विषयलाई लिएर एक महिलाले वैयक्तिक गोपनियता भंग भएको भन्दै दिएको उजुरीका आधारमा पत्रकार श्रेष्ठ २७ साउनको राति आफ्नै निवास कुसुन्तीबाट पक्राउ परेका थिए । बिहीबार मात्रै अदालतले श्रेष्ठलाई ३ दिन हिरासतमा राख्न अनुमति दिएको थियो । उनलाई गैरकानुनी थुनामा राखिएको भन्दै दायर भएको बन्दीप्रत्यक्षीकरणको रिटमा सर्वोच्च अदालतले बरामद सामग्रीसहित सोमबार अदालत उपस्थित गराउन आदेश दिएको छ ।...
चितवनलाई हराउँदै जनकपुरको पहिलो जित

चितवनलाई हराउँदै जनकपुरको पहिलो जित

Breaking news 3, खेलकुद, ट्रेण्डिङ्ग, ताजा अपडेट, समाचार
काठमाडौँ । साविकको विजेता टोली जनकपुर बोल्ट्सले दोस्रो संस्करणको नेपाल प्रिमियर  लिग (एनपीएल) टी–ट्वान्टी क्रिकेटमा पहिलो जित निकालेको छ ।  मंगलबार भएको खेलमा जनकपुरले चितवन राइनोजमाथि ६ विकेटको जित निकाल्दै पहिलो जित दर्ता गरेको हो । त्रिवि क्रिकेट मैदानमा चितवनले दिएको १७७ रनको लक्ष्य पछ्याएको जनकपुरले १७ ओभर ३ बलमा मात्र चार विकेट गुमाउँदै लक्ष्य पूरा गर्‍यो ।  जनकपुरका लागि अनिल शाहले ६१ रनको अर्धशतकीय पारी खेले । ३६ बल खेलेका उनले ४ चौका र ३ छक्का प्रहार गरे । जनकपुरका माज शदागदले ६३ रनको अर्धशतकीय पारी खेले । ३० बल खेलेका उनले ६ चौका र ४ छक्का प्रहार गरे । त्यस्तै आसिफ शेखले १८ रन बनाए । ...
कैलालीमा युवकको विभत्स हत्या

कैलालीमा युवकको विभत्स हत्या

Breaking news 3, अपराध, समाचार, समाज
२५ असोज, धनगढी । कैलालीमा आपसी विवादमा एक युवकको विभत्स हत्या भएको छ । घोडाघोडी नगरपालिका–८ मा शुक्रबार राति खाजा खाने क्रममा विवाद हुँदा २८ वर्षीय केशरसिंह बुढाको घाँटी रेटेर हत्या भएको प्रहरीले जनाएको छ ।जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) राजकुमार सिंहले सुर्खेतको चौकुने गाउँपालिका–३ घर भएका बुढाको हत्यामा संलग्न दुई जनाले राति नै प्रहरीमा आत्मासमर्पण गरेको जानकारी दिए । उनकाअनुसार धारिलो हतियारले रेटिएको टाउको बोकेर शुक्रबार राति नै घोडाघोडीकै १८ वर्षीय बलबहादुर बि.क. र १९ वर्षीय गंगा बुढा क्षेत्री इलाका प्रहरी कार्यालय सुखडमा पुगेका थिए । उनीहरुलाई नियन्त्रणमा राखेर घटनाबारे अनुसन्धान भइरहेको छ ।...
१२ निर्माण कम्पनी सरकारको कालोसूचीमा

१२ निर्माण कम्पनी सरकारको कालोसूचीमा

Breaking news 3, ट्रेण्डिङ्ग, समाचार, समाज
काठमाडौँ । सरकारले विभिन्न १२ वटा निर्माण कम्पनी तथा आपूर्तिकर्तालाई कालोसूचीमा राखेको छ ।  सार्वजनिक खरिद अनुगमन कार्यालयले आपूर्तिकर्ताहरूलाई कालोसूचीमा राखेको हो । कार्यालयले आज एक सूचना जारी गर्दै असोज ८ गतेको निर्णय अनुसार सूचना प्रकाशित भएको मितिदेखि लागू हुने गरी कालोसूचीमा राखिएका निर्माण कम्पनीको सूची सार्वजनिक गरेको हो ।  कालोसूचीमा परेका निर्माण व्यवसायी तथा आपूर्तिकर्ताहरूले सार्वजनिक निकायहरूबाट कुनै पनि खरिद कारबाहीमा भाग लिन नपाउने व्यवस्था गरिएको छ ।...
५० भन्दा बढी गम्भीर घाइते 

५० भन्दा बढी गम्भीर घाइते 

Breaking news 1, Breaking news 2, Breaking news 3, अर्थ, प्रदेश, समाचार, स्वास्थ्य
काठमाडौंको बानेश्वरस्थित संसद भवन परिसरमा भएको जेन-जी युवाहरूको प्रदर्शनमा कम्तीमा ५० जनाको हाराहारीमा गम्भीर घाइते भएको खुलेको छ ।
५० भन्दा बढी गम्भीर घाइते

५० भन्दा बढी गम्भीर घाइते

Breaking news 1, Breaking news 2, Breaking news 3, अर्थ, प्रदेश, समाचार, स्वास्थ्य
काठमाडौंको बानेश्वरस्थित संसद भवन परिसरमा भएको जेन-जी युवाहरूको प्रदर्शनमा कम्तीमा ५० जनाको हाराहारीमा गम्भीर घाइते भएको खुलेको छ ।
मृत्यु हुनेको संख्या ९ पुग्यो

मृत्यु हुनेको संख्या ९ पुग्यो

Breaking news 1, Breaking news 2, Breaking news 3, अर्थ, ताजा अपडेट, प्रदेश, समाचार, स्वास्थ्य
 जेनजीहरूको प्रदर्शनका क्रममा अहिलेसम्म ९ जनाको मृत्यु भएको छ । ट्रमा सेन्टरमा ६, सिभिल अस्पतालमा १, केएमसी अस्पतालमा १ र त्रिवि शिक्षण अस्पतालमा १ जनाको मृत्यु भएको छ ।
जेनजीको प्रदर्शनमा गोली लागेर एक जनाको मृत्यु

जेनजीको प्रदर्शनमा गोली लागेर एक जनाको मृत्यु

Breaking news 1, Breaking news 2, Breaking news 3, अर्थ, ताजा अपडेट, प्रदेश, राजनीति, समाचार, समाज, स्वास्थ्य
जेनजीको प्रदर्शनमा प्रहरीको गोली लागेर घाइते भएका एक जनाको मृत्यु भएको छ । घाइते प्रदर्शनकारीको नयाँबानेश्वरस्थित सिभिल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । सिभिल अस्पतालका निर्देशक मोहन रेग्मीका अनुसार घाइतेमध्येका एकजनाको मृत्यु भएको छ भने ७०–८० जना घाइतेको उपचाररत छन् । यसबारे विस्तृत विवरण आउन बाँकी छ ।...
सुरेश रमणको स्वरमा सुरेश खत्रीको वास्तविक जीवन कथामा आधारित गीत “ए आमा”

सुरेश रमणको स्वरमा सुरेश खत्रीको वास्तविक जीवन कथामा आधारित गीत “ए आमा”

Breaking news 1, Breaking news 2, Breaking news 3, अर्थ, प्रदेश, मनोरञ्जन, समाचार, स्वास्थ्य
बासुदेव पोखरेल, गुल्मी नेपाली सांगीतिक बजारमा पछिल्लो समयमा रमाइला र हल्का खालका गीतहरू बढी देखिन थालेको बेला, एक मार्मिक गीत “ए आमा” सार्वजनिक भएको छ। यो गीत सर्जक सुरेश खत्रीको वास्तविक जीवनमा आधारित छ, जसले आफ्ना अनुभवहरूलाई संगीतको माध्यमबाट दर्शक–श्रोतासँग बाँड्ने प्रयास गरेका छन्। गीतको संगीत र स्वर सुरेश रमण अधिकारीले दिएका छन्। गीतमा अभिनय गरेका कलाकारहरूमा चर्चित नायक पुष्प खड्का, रमा थपलिया, र जुना कार्की रहेका छन्। कथा निर्देशन शिव विकले गरेका हुन् भने छायांकन अझै रेग्मी, र सम्पादन मिन विश्वकर्माले गरेका छन्। यसले गीतको दृश्यात्मक प्रस्तुतीकरणलाई थप प्रभावकारी बनाएको छ। सर्जक सुरेश खत्रीका अनुसार, गीत “ए आमा” उनको आफ्नै जीवनका अनुभवमा आधारित छ। मातृभाव, जीवनका पीडा–सुखका क्षण, र पारिवारिक सम्बन्धको गहिरो भाव यस गीतमा समेटिएको छ। यसअघि पनि सुरेश रमण अधिकारीका ...
रोटरी क्लब अफ भिजन काठमाडौंको चार्टर डे सेलिब्रेशन सम्पन्न

रोटरी क्लब अफ भिजन काठमाडौंको चार्टर डे सेलिब्रेशन सम्पन्न

Breaking news 1, Breaking news 2, Breaking news 3, अर्थ, ताजा अपडेट, प्रदेश, समाचार, समाज, स्वास्थ्य
रोटरी क्लब अफ भिजन काठमाडौंले विशेष समारोहका बीच आफ्नो चार्टर डे सेलिब्रेशन सम्पन्न गरेको छ। राजधानीको पिंगलास्थानस्थित बेस्ट वेस्टर्न प्लस होटलमा आयोजित कार्यक्रममा विभिन्न विशिष्ट अतिथिहरूको उपस्थितिमा औपचारिक उद्घाटन गरिएको थियो। जिल्ला गभर्नर (२०२५/२६) रोटेरियन विनोद कोइराला र उनकी धर्मपत्नी श्रीमती बिभा अधिकारी कोइराला,सहायक गभर्नर रोटेरियन दिनेश प्रसाद श्रेष्ठ, स्पोन्सरिङ क्लब रोटरी क्लब अफ पशुपतिको अध्यक्ष रोटेरियन गणेश सुवेदी, र नयाँ क्लबका सल्लाहकार रोटेरियन दुर्गा प्रसाद सुवेदी लगायतका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति थियो। कार्यक्रममा क्लबका चार्टर्ड अध्यक्ष रोटेरियन जगत बहादुर पोखरेल लाई पदस्थापन गरिएकोथियो। उनले क्लबलाई प्रभावकारी ढंगले अघि बढाउने प्रतिबद्धता व्यक्त गर्दै आभार प्रकट गरेका थिए। क्लब सचिवमा रोटेरियन अर्जु सिटौलाले उक्त कार्यक्रम संचालन गरेकी थिईन। ...