प्रतिनिधिको हिसाब–किताब गर्दै केपी ओली र ईश्वर पोखरेल
काठमाडौँ । नयाँ नेतृत्व चयनका लागि (मंसिर २७–२९) हुने नेकपा एमालेको महाधिवेशन मिति नजिकिँदै गर्दा पार्टीमा दुई समूह (प्यानल) बिच प्रतिस्पर्धा हुने स्पष्ट देखिएको छ । नेताहरू समूहगत रूपमा बिस्तारै खुल्न थालेका छन् । ११औँ महाधिवेशनमा एउटा प्यानलको नेतृत्व अध्यक्ष केपी शर्मा ओली र अर्को प्यानलको नेतृत्व वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले गर्ने तयारी गरेसँगै प्रतिनिधिहरूको आन्तरिक हिसाबकिताबमा दुवै पक्ष जुटेका हुन् । ओली र पोखरेल दुवैले अध्यक्ष पदमा उम्मेदवारी दिने यसअघि नै बताइसकेका छन् ।
ओलीको पक्षमा गुरु बराल, रामबहादुर थापा, शंकर पोखरेल, प्रदीप ज्ञवाली, पृथ्वी सुब्बा गुरुङ, विष्णु रिमाल, पद्मा अर्याल लगायतका नेता खुलेका छन् भने पोखरेलको पक्षमा युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, योगेश भट्टराई र गोकर्ण विष्टलगायत खुलेका छन् । नेताहरू विष्णु पौडेल, छविलाल विश्वकर्मा, रघुवीर ...









