News That Matters

ट्रेण्डिङ्ग

जेनजी आन्दोलनका १६९ घाइतेको वर्गीकरण

जेनजी आन्दोलनका १६९ घाइतेको वर्गीकरण

Breaking news 1, ट्रेण्डिङ्ग, ताजा अपडेट, समाज, स्वास्थ्य
४ मंसिर, काठमाडौं । गत २३­ र २४ भदौमा भएको जेनजी प्रदर्शनमा काठमाडौंमा घाइते भएकाहरूको वर्गीकरण गरिएको छ । आजसम्म कूल १६९ जना घाइतेको विवरण प्राप्त भई वर्गीकरण गरिएको जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ । दुई चरणमा गरेर घाइतेहरूको वर्गीकरण गरिएको जिल्ला प्रशासन कार्यालय काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी एवं सहायक प्रवक्ता मुक्तिराम रिजालले जानकारी दिए । चार समूहमा घाइतेहरूको वर्गीकरण गरिएको बताउँदै उनले अतिगम्भीर घाइतेको सूचीमा १५, गम्भीर घाइतेको सूचीमा ५१, मध्यममा ३६ र सामान्य घाइतेको सूचीमा ६७ जना रहेका जानकारी दिए । उनका अनुसार यही ५ मंसिर र १२ मंसिरमा दुई चरणमा छलफल गरी घाइतेहरूको वर्गीकरण गरिएको हो । असक्तहरूको हकमा भने उपचाररत अस्पतालमा गएर टोलीले वर्गीकरण गरेको उनले बताए । प्रशासन कार्यालयमा आउन अफ्ठयारो हुनेहरूको हकमा एम्बुलेन्समार्फत ल्याएर वर्गीकरण गरिएको हो । ...
तिनाउँ–१ आरखुदीमा पाँचौँ न्वागी महोत्सव हुने

तिनाउँ–१ आरखुदीमा पाँचौँ न्वागी महोत्सव हुने

Breaking news 1, गित संगित, ट्रेण्डिङ्ग, ताजा अपडेट
मौलिक संस्कृतिको संरक्षणमा स्थानीयको पहल पाल्पा — पाल्पाको तिनाउँ गाउँपालिका–१ आरखुदीमा पाँचौँ न्वागी महोत्सव तथा बृहत् सांस्कृतिक कार्यक्रम २०८२ आयोजना हुने भएको छ। ‘हाम्रो संस्कृति, हाम्रो शान—जोगाऔँ तिनाउँको पहिचान’ भन्ने मूल नाराका साथ आर्खोडी मगर भेगाको आयोजनामा कार्यक्रम आगामी मंसिर ७ गते भव्य रूपमा सम्पन्न गरिने तयारी अन्तिम चरणमा पुगेको प्रचार–प्रसार प्रमुख अमर सुनारीले जानकारी दिनुभयो। सुनारीका अनुसार समुदायमा परम्परागत रुपमा प्रचलित न्वागी खोने मौलिक परम्पराको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सवको आयोजना गर्दै आइएको हो । मगर समुदायले हरेक वर्ष नयाँ अन्नलाई देवतामा अर्पण गर्दै सुरु गर्ने ‘न्वागी पर्व’ लाई विशेष महत्वका साथ मनाउने चलन छ । न्वागी पर्वले प्रकृतिप्रतिको कृतज्ञता, समुदायबीचको एकता र सांस्कृतिक पहिचानको निरन्तरता जोगाउने भूमिका खेलेको मानिन्छ। महोत्सवमा राष...
काउन्सिलले अधिकार सम्पन्न र स्वायत्त निकायका रुपमा अनुभूति दिलाउने गरी काम गरोस् : मन्त्री खरेल

काउन्सिलले अधिकार सम्पन्न र स्वायत्त निकायका रुपमा अनुभूति दिलाउने गरी काम गरोस् : मन्त्री खरेल

Breaking news 1, ट्रेण्डिङ्ग, समाचार
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले अधिकार सम्पन्न र स्वायत्त निकायका रुपमा आम जनतालाई अनुभूति दिलाउने गरी काम गर्न प्रेस काउन्सिल नेपालका पदाधिकारीलाई सुझाव दिएका छन् ।प्रेस काउन्सिल नेपालद्वारा आज मन्त्री खरेलको सम्मानमा आयोजित स्वागत कार्यक्रममा उनले आमनिर्वाचन आउँदै गरेको तथा राजनीतिक दलका गतिविधि बढिरहेका बेला काउन्सिललाई परिणाममुखी काम गर्न आग्रह गरे ।  उनले नागरिकस्तरबाट सञ्चालन भएका व्यक्तिगत सामाजिक सञ्जाल राज्यका निकायले अनुगमन र नियमन गरी कारबाहीको दायरामा ल्याउने विषयमा काउन्सिल गम्भीर बन्नुपर्ने बताए । मन्त्री खरेलले मुलुकमा दर्ता भई प्रेस काउन्सिलमा सूचीकृत हुने सञ्चार माध्यमको जिम्मा राज्यले लिनुपर्ने आवश्यकता औँल्याए ।प्रेस काउन्सिल आम सञ्चार माध्यमको न्यायालय हो भन्ने मान्यता स्थापित हुनुपर्नेमा मन्त्री खरेलले जोड दिए । उनले भने, ‘पछिल्लो समय वि...
जनसेवा स्वावलम्बन विकास बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा पुन : भट्टराई

जनसेवा स्वावलम्बन विकास बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा पुन : भट्टराई

Breaking news 1, ट्रेण्डिङ्ग, ताजा अपडेट, समाचार, समाज, स्थानीय
पाल्पा, अशोज २५, पाल्पाको पूर्वखोला गाउँपालिका २, जल्पास्थित श्री जनसेवा स्वावलम्बन विकास बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा प्रेम नारायण भट्टराई निर्वाचित हुनु भएको छ । संस्थाको २७ औं साधारण सभाले भट्टराईलाई पुनः अध्यक्षमा निर्वाचित गरेको हो । जसको उपाध्यक्षमा जय बहादुर सारु, सचिव दिपक न्यौपाने, कोषाध्यक्ष पार्वती सारु, सह सचिव मोहन बहादुर रखाल निर्वाचित भएका छन् । सदस्यहरुमा दान बहादुर ठाडा, अम्बी सरा घर्ती, केशरी कंवर, तुल्सा बारघरे, भीम बहादुर सारु, मनकुमारी राना चयन भएका छन् । कार्यक्रममा संस्थाका लेखा संयोजक भिम बहदुर सारुले सहकारी संस्थाको ६ करोड २७ लाख २२ हजार ४ सय ८ रुपैयाँ बराबरको आय-व्याय प्रस्तुत गर्नुभयो । कार्यक्रममा प्रमुख अतिथि संस्थाका संस्थापक अध्यक्ष इश्वरी प्रसाद न्यौपानेले संस्थाको कारोबार बढेसँगै संस्थाको करोवार र काम कारवाहीलाई पारदर्शी र प्रभावकरी तरिकाले ...
तिनाउ १ तालमा बृहत साँस्कृतिक कार्यक्रम सम्पन्न

तिनाउ १ तालमा बृहत साँस्कृतिक कार्यक्रम सम्पन्न

Breaking news 2, ट्रेण्डिङ्ग, ताजा अपडेट, समाचार, समाज
पाल्पा, पाल्पाको तिनाउँ गाउँपालिका १, ताल कचलमा बृहत साँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । न्यू कालिका युवा क्लवको आयोजजामा तालमा बृहत साँस्कृतिक कार्यक्रम समपन्न भएको हो ।ऐतिहासिक, धार्मिक, पर्यटकीय महत्व बोकेको यस स्थानमा प्रत्येक वर्ष खेलकुद संगै साँस्कृतिक कार्यक्रम हुँदै आएको छ । कार्यक्रम मा राष्ट्रिय कलाकार रेशम निर्दोश, विधान कार्की, सम्झना रणपाल, माधवजोन खत्री लगायतका कलाकारसँगै स्थानीय कलाकारहरूको बेजोड प्रतुति रहेको थियो । गाउँपालिकाका अध्यक्ष प्रेम श्रेष्ठले यस्ता कार्यक्रमले गाउँको पर्यटकीय प्रर्वनधनमा महत्वपूर्ण भूमिका खेल्ने बताउनु भयो । उहाँले गाउँको विकास र सामाजिक रुपान्तरणका लागि युवाहरुको महत्वपूर्ण भूमिका हुने बताउनुभयो । क्लबका अध्यक्ष एमान सिं चिदीको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सचिव कालिका युवा क्लब तोम बहादुर पुनले गर्नु भएको थियो । कार्यैक्रम तिनाउ १ का वडा...
टी-२० विश्वकप छनोटको सुपर सिक्स समीकरण पूरा

टी-२० विश्वकप छनोटको सुपर सिक्स समीकरण पूरा

Breaking news 1, खेलकुद, ट्रेण्डिङ्ग, ताजा अपडेट, समाचार
काठमाडौं, २५ असोज । ओमानमा जारी आईसीसी टी-२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको सुपर सिक्स समीकरण पूरा भएको छ । शुक्रबार राति समूह चरणको अन्तिम खेलमा ओमानले पीएनजीलाई हराएसँगै सुपर सिक्समा पुग्ने सबै टोलीको टुंगो लागेको हो । शुक्रबार राति समूह चरणको अन्तिम खेलमा ओमानले पीएनजीलाई हराएसँगै सुपर सिक्समा पुग्ने सबै टोलीको टुंगो लागेको हो । समूह चरणबाट आयोजक ओमानसँगै नेपाल र यूएई अपराजित रहँदै अघि बढेका छन् भने सामोआ, जापान र कतार एक जितका साथ अगाडि बढे । समूह १ मा शीर्षस्थानमा रहेको यूएई २ अंकका साथ सुपर सिक्समा प्रवेश गर्दा नेपाल समूह २ को विजेताका रूपमा २ अंक लिएर सुपर सिक्समा पुगेको छ । समूह ३ बाट ओमान विजेताका रूपमा ३ अंक लिएर अघि बढेको छ । समूह चरणमा खेलिसकेका टोलीहरू अब एकआपसमा खेल्नु पर्ने छैन । समूह चरणमा आफुले पराजित गरेको टोली पनि अगाडि बढे उक्त जितको २ अ...
वीपी राजमार्गमा पूर्ण रूपमा यातायात सञ्चालन

वीपी राजमार्गमा पूर्ण रूपमा यातायात सञ्चालन

Breaking news 2, ट्रेण्डिङ्ग, ताजा अपडेट, समाचार, समाज
काभ्रेपलाञ्चोक । गत साताको बाढीले क्षतिग्रस्त वीपी राजमार्गमा आजदेखि पूर्ण रूपमा यातायात सञ्चालनमा आएको छ । राजमार्गको विभिन्न खण्डमा अस्थायी सडक बनाउने कार्यलाई तीव्रता दिइएसँगै १९ स्थानमा ‘डाइभर्सन’ बनाएर आजदेखि खुलाइएको हो ।  शुक्रबार साँझ क्षतिग्रस्त सम्पूर्ण खण्डमा ‘ट्रयाक’ खुलाएपछि परीक्षण गरी आज बिहानदेखि राजमार्ग पूर्ण रूपमा खुलाइएको डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको छ । आज बिहानैदेखि सवारीसाधन सञ्चालनमा ल्याउने गरी रातको समयमा समेत कामलाई निरन्तरता दिइएपछि राजमार्ग पूर्ण रूपमा खुलाउन सम्भव भएको डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको हो ।  शुक्रबार साँझसम्ममा राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–६ स्थित चौकीडाँडादेखि रोशी गाउँपालिकाको माम्तीसम्म ‘ट्रयाक’ खोली सकेर परीक्षण गरिएको थियो । कार्यालयका प्रमुख सिनियर डिभिजनल इञ्जिनियर सुमन योगेशले राजमार्ग...
१२ निर्माण कम्पनी सरकारको कालोसूचीमा

१२ निर्माण कम्पनी सरकारको कालोसूचीमा

Breaking news 3, ट्रेण्डिङ्ग, समाचार, समाज
काठमाडौँ । सरकारले विभिन्न १२ वटा निर्माण कम्पनी तथा आपूर्तिकर्तालाई कालोसूचीमा राखेको छ ।  सार्वजनिक खरिद अनुगमन कार्यालयले आपूर्तिकर्ताहरूलाई कालोसूचीमा राखेको हो । कार्यालयले आज एक सूचना जारी गर्दै असोज ८ गतेको निर्णय अनुसार सूचना प्रकाशित भएको मितिदेखि लागू हुने गरी कालोसूचीमा राखिएका निर्माण कम्पनीको सूची सार्वजनिक गरेको हो ।  कालोसूचीमा परेका निर्माण व्यवसायी तथा आपूर्तिकर्ताहरूले सार्वजनिक निकायहरूबाट कुनै पनि खरिद कारबाहीमा भाग लिन नपाउने व्यवस्था गरिएको छ ।...
प्रधानमन्त्रीले आज राष्ट्रको नाममा सम्बोधन गर्ने

प्रधानमन्त्रीले आज राष्ट्रको नाममा सम्बोधन गर्ने

Breaking news 1, ट्रेण्डिङ्ग, समाचार
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आज राष्ट्रका नाममा सम्बोधन गर्ने भएकी छन् । दिउँसो ४ बजे मन्त्रिपरिषद् बस्ने र त्यसपछि साँझ ६ बजे कार्कीको सम्बोधन आउने प्रधानमन्त्री स्रोतले जानकारी दिएको छ । जेनजी प्रदर्शनपछि भदौ २७ गते कार्की मुलुककै पहिलो महिला प्रधानमन्त्री बनेकी थिइन् । 
पशुपति विकास कोषका सदस्य सचिवलगाएत १४ जना तथा २ कम्पनीविरुद्ध भ्रष्टाचार मुद्दा

पशुपति विकास कोषका सदस्य सचिवलगाएत १४ जना तथा २ कम्पनीविरुद्ध भ्रष्टाचार मुद्दा

Breaking news 1, Breaking news 2, Breaking news 3, अन्तर्वार्ता, अपराध, अर्थ, कृषि, खेलकुद, गित संगित, जीवनशैली, ज्याेतिष, ट्रेण्डिङ्ग, ताजा अपडेट, पत्रपत्रिका, प्रदेश, फिचर, फिल्मी, बिज्ञान प्रबिधि, मनोरञ्जन, माैसम, राजनीति, राेचक जानकरी, लेख रचना, विदेश, विविध, शिक्षा, समाचार, समाज, सम्पादकिय, स्थानीय, स्वास्थ्य
काठमाडौं अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. मिलनकुमार थापासहित १४ जना र दुई कम्पनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । आइतबार विशेष अदालत काठमाडौंमा उनीहरुमाथि १० करोड ३३ लाख ९१ हजार ३० रुपैयाँ भ्रष्टाचार ठरह गर्दै अख्तियारले मुद्दा दायर गरेको हो । पशुपति क्षेत्र विकास कोषले २०८० असार ५ गते आह्वान गरेको बोलपत्रको मूल्यांकनमा प्रतिस्पर्धा सीमित गराएको भन्ने उजुरी परेपछि अख्तियारले अनुसन्धान अघि बढाएको थियो । अनुसन्धान हुँदा पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा.मिलनकुमार थापासमेतका प्रतिवादीहरूको आपसी मिलोमतो तथा योजनामा आफूहरूलाई लाभ र पशुपति क्षेत्र विकास कोष÷सार्वजनिक संस्थालाई हानि नोक्सानी पु¥याउने वदनियतले १० करोड ३३ लाख ९१ हजार ३० रुपैयाँ भ्रष्टाचार गरेको पाइएको अख्तियारको ठहर छ । मुद्दा दायर गरेकामा पशुपति क्षेत्र विकास ...