दुम्कीबासको डाइभर्सन बाढीले बगायो, पूर्वपश्चिम राजमार्ग अवरुद्ध
Breaking news 1, Breaking news 2, Breaking news 3, अन्तर्वार्ता, अपराध, अर्थ, कृषि, खेलकुद, गित संगित, जीवनशैली, ज्याेतिष, ट्रेण्डिङ्ग, ताजा अपडेट, पत्रपत्रिका, प्रदेश, फिचर, फिल्मी, बिज्ञान प्रबिधि, मनोरञ्जन, माैसम, राजनीति, राेचक जानकरी, लेख रचना, विदेश, विविध, शिक्षा, समाचार, समाज, सम्पादकिय, स्थानीय, स्वास्थ्य
नवलपरासी पूर्वको दुम्किवासमा बाढीले ‘डाइभर्सन’ बगाउँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको छ । आज बिहान आएको बाढीले विनयी खोलामा बनाइएको डाइभर्सन बगाउँदा राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मधु नेपालले जानकारी दिए ।
डाइभर्सन गरिएको स्थान बाढीले बगाएपछि साना तथा यात्रुवाहक सवारीलाई होङ्सी सिमेन्ट उद्योगको गेट हुँदै सर्दीतर्फको बाटोबाट सञ्चालन गरिएको छ । गत पुसमा भारततर्फबाट आउने ओभरलोड गाडी गुड्दा अधिक भारका कारण पुल भाँचिएको थियो ।
पुल भत्किने जोखिम बढेपछि अधिक भारवहन भएका गाडी डाईभर्सनबाट गुड्ने गरेका थिए । यसैबीच, बुटवल–नारायणगढ सडक विस्तार आयोजनाका सूचना अधिकारी शिव खनालका अनुसार नयाँ बनाइएको पुल दोस्रो सातादेखि सञ्चालन गर्ने योजना छ ।...









