तिनाउँ–१ आरखुदीमा पाँचौँ न्वागी महोत्सव हुने
मौलिक संस्कृतिको संरक्षणमा स्थानीयको पहल
पाल्पा — पाल्पाको तिनाउँ गाउँपालिका–१ आरखुदीमा पाँचौँ न्वागी महोत्सव तथा बृहत् सांस्कृतिक कार्यक्रम २०८२ आयोजना हुने भएको छ। ‘हाम्रो संस्कृति, हाम्रो शान—जोगाऔँ तिनाउँको पहिचान’ भन्ने मूल नाराका साथ आर्खोडी मगर भेगाको आयोजनामा कार्यक्रम आगामी मंसिर ७ गते भव्य रूपमा सम्पन्न गरिने तयारी अन्तिम चरणमा पुगेको प्रचार–प्रसार प्रमुख अमर सुनारीले जानकारी दिनुभयो। सुनारीका अनुसार समुदायमा परम्परागत रुपमा प्रचलित न्वागी खोने मौलिक परम्पराको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सवको आयोजना गर्दै आइएको हो । मगर समुदायले हरेक वर्ष नयाँ अन्नलाई देवतामा अर्पण गर्दै सुरु गर्ने ‘न्वागी पर्व’ लाई विशेष महत्वका साथ मनाउने चलन छ । न्वागी पर्वले प्रकृतिप्रतिको कृतज्ञता, समुदायबीचको एकता र सांस्कृतिक पहिचानको निरन्तरता जोगाउने भूमिका खेलेको मानिन्छ। महोत्सवमा राष...









