News That Matters

ताजा अपडेट

जेनजी आन्दोलनका १६९ घाइतेको वर्गीकरण

जेनजी आन्दोलनका १६९ घाइतेको वर्गीकरण

Breaking news 1, ट्रेण्डिङ्ग, ताजा अपडेट, समाज, स्वास्थ्य
४ मंसिर, काठमाडौं । गत २३­ र २४ भदौमा भएको जेनजी प्रदर्शनमा काठमाडौंमा घाइते भएकाहरूको वर्गीकरण गरिएको छ । आजसम्म कूल १६९ जना घाइतेको विवरण प्राप्त भई वर्गीकरण गरिएको जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ । दुई चरणमा गरेर घाइतेहरूको वर्गीकरण गरिएको जिल्ला प्रशासन कार्यालय काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी एवं सहायक प्रवक्ता मुक्तिराम रिजालले जानकारी दिए । चार समूहमा घाइतेहरूको वर्गीकरण गरिएको बताउँदै उनले अतिगम्भीर घाइतेको सूचीमा १५, गम्भीर घाइतेको सूचीमा ५१, मध्यममा ३६ र सामान्य घाइतेको सूचीमा ६७ जना रहेका जानकारी दिए । उनका अनुसार यही ५ मंसिर र १२ मंसिरमा दुई चरणमा छलफल गरी घाइतेहरूको वर्गीकरण गरिएको हो । असक्तहरूको हकमा भने उपचाररत अस्पतालमा गएर टोलीले वर्गीकरण गरेको उनले बताए । प्रशासन कार्यालयमा आउन अफ्ठयारो हुनेहरूको हकमा एम्बुलेन्समार्फत ल्याएर वर्गीकरण गरिएको हो । ...
तिनाउँ–१ आरखुदीमा पाँचौँ न्वागी महोत्सव हुने

तिनाउँ–१ आरखुदीमा पाँचौँ न्वागी महोत्सव हुने

Breaking news 1, गित संगित, ट्रेण्डिङ्ग, ताजा अपडेट
मौलिक संस्कृतिको संरक्षणमा स्थानीयको पहल पाल्पा — पाल्पाको तिनाउँ गाउँपालिका–१ आरखुदीमा पाँचौँ न्वागी महोत्सव तथा बृहत् सांस्कृतिक कार्यक्रम २०८२ आयोजना हुने भएको छ। ‘हाम्रो संस्कृति, हाम्रो शान—जोगाऔँ तिनाउँको पहिचान’ भन्ने मूल नाराका साथ आर्खोडी मगर भेगाको आयोजनामा कार्यक्रम आगामी मंसिर ७ गते भव्य रूपमा सम्पन्न गरिने तयारी अन्तिम चरणमा पुगेको प्रचार–प्रसार प्रमुख अमर सुनारीले जानकारी दिनुभयो। सुनारीका अनुसार समुदायमा परम्परागत रुपमा प्रचलित न्वागी खोने मौलिक परम्पराको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सवको आयोजना गर्दै आइएको हो । मगर समुदायले हरेक वर्ष नयाँ अन्नलाई देवतामा अर्पण गर्दै सुरु गर्ने ‘न्वागी पर्व’ लाई विशेष महत्वका साथ मनाउने चलन छ । न्वागी पर्वले प्रकृतिप्रतिको कृतज्ञता, समुदायबीचको एकता र सांस्कृतिक पहिचानको निरन्तरता जोगाउने भूमिका खेलेको मानिन्छ। महोत्सवमा राष...
पार्टी एकताका लागि विप्लवका दुई सर्त

पार्टी एकताका लागि विप्लवका दुई सर्त

Breaking news 2, ताजा अपडेट, समाचार
काठमाडौँ । नेकपा माओवादी केन्द्रसँग पार्टी एकताका लागि नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले दुईवटा सर्त राखेका छन् । जेनजी विद्रोहपछि वामपन्थीबिच एकता र ध्रुवीकरणको विषयमा चरणबद्ध छलफल हुँदै आएको बेला विप्लवले सर्तसहितको एकता प्रस्ताव राखेका हुन् । समाजवादी मोर्चाका संयोजक समेत रहेका उनले असोजको दोस्रो हप्ता काठमाडौँ आएका थिए । सोही क्रममा उनले माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल लगायत समाजवादी मोर्चाका नेताहरूसँग विप्लवले भेटेका थिए । असोज १४ गते ललितपुरस्थित हात्तीवनमा प्रचण्डसँग भेटका क्रममा उनले दुईवटा सर्त राखिएको बुझिएको छ ।  पहिलो सर्तमा नेतृत्व तहका सबै नेताहरूलाई बिदा गरी नयाँ कम्युनिस्ट केन्द्र बनाउने रहेको छ । दोस्रो सर्तमा संक्रमणकालीन अवस्थामा एकतामा जोडिएका मूल नेतृत्वलाई संयोजक तोकेर ...
जनसेवा स्वावलम्बन विकास बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा पुन : भट्टराई

जनसेवा स्वावलम्बन विकास बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा पुन : भट्टराई

Breaking news 1, ट्रेण्डिङ्ग, ताजा अपडेट, समाचार, समाज, स्थानीय
पाल्पा, अशोज २५, पाल्पाको पूर्वखोला गाउँपालिका २, जल्पास्थित श्री जनसेवा स्वावलम्बन विकास बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा प्रेम नारायण भट्टराई निर्वाचित हुनु भएको छ । संस्थाको २७ औं साधारण सभाले भट्टराईलाई पुनः अध्यक्षमा निर्वाचित गरेको हो । जसको उपाध्यक्षमा जय बहादुर सारु, सचिव दिपक न्यौपाने, कोषाध्यक्ष पार्वती सारु, सह सचिव मोहन बहादुर रखाल निर्वाचित भएका छन् । सदस्यहरुमा दान बहादुर ठाडा, अम्बी सरा घर्ती, केशरी कंवर, तुल्सा बारघरे, भीम बहादुर सारु, मनकुमारी राना चयन भएका छन् । कार्यक्रममा संस्थाका लेखा संयोजक भिम बहदुर सारुले सहकारी संस्थाको ६ करोड २७ लाख २२ हजार ४ सय ८ रुपैयाँ बराबरको आय-व्याय प्रस्तुत गर्नुभयो । कार्यक्रममा प्रमुख अतिथि संस्थाका संस्थापक अध्यक्ष इश्वरी प्रसाद न्यौपानेले संस्थाको कारोबार बढेसँगै संस्थाको करोवार र काम कारवाहीलाई पारदर्शी र प्रभावकरी तरिकाले ...
तिनाउ १ तालमा बृहत साँस्कृतिक कार्यक्रम सम्पन्न

तिनाउ १ तालमा बृहत साँस्कृतिक कार्यक्रम सम्पन्न

Breaking news 2, ट्रेण्डिङ्ग, ताजा अपडेट, समाचार, समाज
पाल्पा, पाल्पाको तिनाउँ गाउँपालिका १, ताल कचलमा बृहत साँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । न्यू कालिका युवा क्लवको आयोजजामा तालमा बृहत साँस्कृतिक कार्यक्रम समपन्न भएको हो ।ऐतिहासिक, धार्मिक, पर्यटकीय महत्व बोकेको यस स्थानमा प्रत्येक वर्ष खेलकुद संगै साँस्कृतिक कार्यक्रम हुँदै आएको छ । कार्यक्रम मा राष्ट्रिय कलाकार रेशम निर्दोश, विधान कार्की, सम्झना रणपाल, माधवजोन खत्री लगायतका कलाकारसँगै स्थानीय कलाकारहरूको बेजोड प्रतुति रहेको थियो । गाउँपालिकाका अध्यक्ष प्रेम श्रेष्ठले यस्ता कार्यक्रमले गाउँको पर्यटकीय प्रर्वनधनमा महत्वपूर्ण भूमिका खेल्ने बताउनु भयो । उहाँले गाउँको विकास र सामाजिक रुपान्तरणका लागि युवाहरुको महत्वपूर्ण भूमिका हुने बताउनुभयो । क्लबका अध्यक्ष एमान सिं चिदीको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सचिव कालिका युवा क्लब तोम बहादुर पुनले गर्नु भएको थियो । कार्यैक्रम तिनाउ १ का वडा...
टी-२० विश्वकप छनोटको सुपर सिक्स समीकरण पूरा

टी-२० विश्वकप छनोटको सुपर सिक्स समीकरण पूरा

Breaking news 1, खेलकुद, ट्रेण्डिङ्ग, ताजा अपडेट, समाचार
काठमाडौं, २५ असोज । ओमानमा जारी आईसीसी टी-२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको सुपर सिक्स समीकरण पूरा भएको छ । शुक्रबार राति समूह चरणको अन्तिम खेलमा ओमानले पीएनजीलाई हराएसँगै सुपर सिक्समा पुग्ने सबै टोलीको टुंगो लागेको हो । शुक्रबार राति समूह चरणको अन्तिम खेलमा ओमानले पीएनजीलाई हराएसँगै सुपर सिक्समा पुग्ने सबै टोलीको टुंगो लागेको हो । समूह चरणबाट आयोजक ओमानसँगै नेपाल र यूएई अपराजित रहँदै अघि बढेका छन् भने सामोआ, जापान र कतार एक जितका साथ अगाडि बढे । समूह १ मा शीर्षस्थानमा रहेको यूएई २ अंकका साथ सुपर सिक्समा प्रवेश गर्दा नेपाल समूह २ को विजेताका रूपमा २ अंक लिएर सुपर सिक्समा पुगेको छ । समूह ३ बाट ओमान विजेताका रूपमा ३ अंक लिएर अघि बढेको छ । समूह चरणमा खेलिसकेका टोलीहरू अब एकआपसमा खेल्नु पर्ने छैन । समूह चरणमा आफुले पराजित गरेको टोली पनि अगाडि बढे उक्त जितको २ अ...
वीपी राजमार्गमा पूर्ण रूपमा यातायात सञ्चालन

वीपी राजमार्गमा पूर्ण रूपमा यातायात सञ्चालन

Breaking news 2, ट्रेण्डिङ्ग, ताजा अपडेट, समाचार, समाज
काभ्रेपलाञ्चोक । गत साताको बाढीले क्षतिग्रस्त वीपी राजमार्गमा आजदेखि पूर्ण रूपमा यातायात सञ्चालनमा आएको छ । राजमार्गको विभिन्न खण्डमा अस्थायी सडक बनाउने कार्यलाई तीव्रता दिइएसँगै १९ स्थानमा ‘डाइभर्सन’ बनाएर आजदेखि खुलाइएको हो ।  शुक्रबार साँझ क्षतिग्रस्त सम्पूर्ण खण्डमा ‘ट्रयाक’ खुलाएपछि परीक्षण गरी आज बिहानदेखि राजमार्ग पूर्ण रूपमा खुलाइएको डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको छ । आज बिहानैदेखि सवारीसाधन सञ्चालनमा ल्याउने गरी रातको समयमा समेत कामलाई निरन्तरता दिइएपछि राजमार्ग पूर्ण रूपमा खुलाउन सम्भव भएको डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको हो ।  शुक्रबार साँझसम्ममा राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–६ स्थित चौकीडाँडादेखि रोशी गाउँपालिकाको माम्तीसम्म ‘ट्रयाक’ खोली सकेर परीक्षण गरिएको थियो । कार्यालयका प्रमुख सिनियर डिभिजनल इञ्जिनियर सुमन योगेशले राजमार्ग...
५३२ स्वकीय हट्दा २४ करोड ६४ लाख बचत हुने

५३२ स्वकीय हट्दा २४ करोड ६४ लाख बचत हुने

अर्थ, ताजा अपडेट, प्रदेश, समाचार, समाज
विराटनगर । मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले अनुत्पादक खर्च कटौती र मितव्ययिता कायम गर्ने सम्बन्धमा प्रेस विज्ञप्ति जारी गर्‍यो । विराटनगर । मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले अनुत्पादक खर्च कटौती र मितव्ययिता कायम गर्ने सम्बन्धमा प्रेस विज्ञप्ति जारी गर्‍यो । हाल सातै प्रदेशमा ७४ जना मन्त्रीहरू छन्, उनीहरूले स्वकीय राख्न पाउँछन् । प्रदेश सभा सदस्यको संख्या ४७३ जना छ । जसअनुसार सरकारकाे निर्णयले उनीहरूको वार्षिक खर्च २१ करोड ३५ लाख ५ हजार बढी जाेगिने छ । यस्तै राष्ट्रिय सभाका सदस्यहरूको वार्षिक खर्च एक जना स्वकीय सचिवका लागि पाँच लाख ५९ हजार रुपैयाँ हुने देखिन्छ । एक स्वकीय सचिवले आफूलाई मासिक ४३ हजार बढी रकम आउने बताए । दसैँ खर्चसहित उपलब्ध हुँदा त्यति पुग्ने उनको स्विकारोक्ति छ । त्यस आधारमा ६० सदस्यीय राष्ट्रिय सभाको अध्यक्षबाहेक ५९ जनाका स्वकीय हट्दा वार्षिक ३ करोड २९ लाख ८१ हजार खर...
गुल्मीमा चट्याङ लाग्दा बालिकाको मृत्यु

गुल्मीमा चट्याङ लाग्दा बालिकाको मृत्यु

Breaking news 2, ताजा अपडेट, प्रदेश, समाचार, समाज
गुल्मी । गुल्मीको मदाने गाउँपालिकामा आज बिहान करिब २ः०० बजे परेको चट्याङ लागेर चार वर्षीया बालिकाको मृत्यु भएको छ । मदाने–५ झ्यानपानीका नेरसिंह विककी चार वर्षीया छोरी रियासा विकको चट्याङ लागेर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी गङ्गाबहादुर सारूले जानकारी दिए ।  उनका अनुसार चट्याङका कारण विकका बुबा नेरसिंह र आमा सुन्तली विक घाइते भएका छन् । घरमा सुतिरहेको अवस्थामा परेको चट्याङ लागेर नेरसिंहको छाती र पेटमा नीलडाम लागेको छ भने श्रीमती सुन्तलीको पेट र दायाँ खुट्टामा चोट लागेको प्रहरीले जनाएको छ । घाइते दम्पतीलाई प्रारम्भिक उपचारका लागि स्थानीय स्वास्थ्य संस्थामा लगिएको जनाउँदै सारूले यहाँ उपचार हुन नसकेपछि थप उपचारका लागि जिल्ला अस्पताल प्युठान पठाइएको बताए ।...
मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध

मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध

Breaking news 2, ताजा अपडेट, समाचार
काठमाडौँ । मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध भएको छ । धादिङको जवाङ खोलानजिकै पहिरो जाँदा सडक दुवैतर्फ अवरुद्ध बनेको प्रहरीले जनाएको छ ।  गएराति गएको पहिरो पन्छाउने कार्य जारी रहेपनि निरन्तर पहिरो खस्दा बाटो सञ्चालनमा आउन नसकेको हो । पहिरो हटाउन दिनभर लाग्ने देखिएकोले वैकल्पिक सडकको प्रयोग गर्न प्रहरीले अनुरोध गरेको छ । यात्रुहरूलाई सुरक्षित ठाउँमा रहन र लेन अनुशासन पालना गर्न पनि प्रहरीले आग्रह गरेको छ ।  दुईतर्फी सडक अवरुद्ध हुँदा दसैँको लागि राजधानी छाड्ने क्रममा रहेका सयौँ सवारीसाधन रोकिएका छन् । ...